Sunday, May 27, 2018

ट्रेड युनियन कांग्रेस ३ नं. प्रदेशको अध्यक्षमा कार्की

काठमाडौं, १२ जेठ– नेपाल ट्रेड युनियन कांग्रेसको ३ नं. प्रदेशको अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन कांग्रेसको ३ नं. प्रदेशको शुक्रबार राति सम्पन्न अधिवेशनमा कार्कीले २ सय ६६ तथा निकटतम प्रतिद्वन्द्वी गणेश भट्टराईले २ सय ५४ मत ल्याएका थिए ।
उपाध्यक्ष (खुल्ला) मा गोविन्द डंगोल र घनश्याम चापागाईं, उपाध्यक्ष (महिला) मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष (सेवा) मा लीलानाथ चौलागाईं, उपाध्यक्ष (उत्पादन) मा वीरेन्द्रबहादुर लामा, उपाध्यक्ष (अनौपचारिक) मा कुमारप्रसाद पौडेल र सचिवमा राजेश हुमागाईं, सहसचिव (खुल्ला) मा प्रकाश दाहाल, सहसचिव (महिला) मा उर्मिला कार्की, सहसचिव (सेवा) मा तुलसीप्रसाद अधिकारी, सहसचिव (उत्पादन) मा नरेन्द्र मानन्धर, सहसचिव (अनौपचारिक) मा भरतप्रसाद अधिकारी,  कोषाध्यक्ष विश्वहरि घिमिरे र सहकोषाध्यक्षमा तारा भण्डारी निर्वाचित भएका छन् ।

सदस्यमा बाबुराम भुसाल, रामकुमार बस्नेत, शोभा भण्डारी, नरेन्द्र विष्ट, सरला पुडासैनी, हरिमाया पोखरेल, मीना तामाङ, ईश्वर गिरी, पुरुषोत्तम पराजुली, माधव पौडेल, उदयबहादुर लामा, प्रभा जोशी र ऋषिराम गिरी चयन भएका छन् ।

No comments:

Post a Comment