Monday, May 14, 2018

सबै औद्योगिक क्षेत्र पनि लोडसेडिङमुक्त

काठमाडौं, ३० वैशाख–देशभरका उद्योगीहरूलाई खुसीको खबर । विद्युत् प्राधिकरणले मुलुकका सबै औद्योगिक कोरिडोरलाई सोमबारदेखि लोडसेडिङमुक्त गर्दै छ । तीन घण्टाको हाराहारीमा लोडसेडिङको मार खेपिरहेका उद्योगले अब चौबीसै घण्टा बिजुली पाउने जानकारी प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले दिए । 
प्राधिकरणले २०७३ कात्तिकदेखि राजधानी उपत्यका र त्यसको केही समयपछि देशभरका घरायसी उपभोक्तालाई लोडसेडिङमुक्त गरेको थियो । 
अधिकारीका अनुसार प्राधिकरणले वीरगन्ज औद्योगिक क्षेत्रलाई परीक्षणका रूपमा १० दिनदेखि लोडसेडिङमुक्त गर्दै आएको थियो । मुलुककै ठूलो औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणले नेपाल–भारतबीचको रक्सौल–परवानीपुरको नया“ प्रसारण लाइनबाट ८० देखि ८५ मेगावाट र अर्को ३३ केभीए प्रसारण लाइनबाट १० मेगावाट बिजुली आयात गरिरहेको छ । 

विराटनगरस्थित औद्योगिक क्षेत्रलाई परीक्षणका रूपमा शुक्रबारदेखि लोडसेडिङमुक्त गरेको छ । विराटनगरमा समेत कटैया–कुसाहामा बनेको नया“ प्रसारण लाइनबाट ८० देखि ८५ मेगावाट बिजुली आयात भइरहेको छ । ‘वीरगन्ज र विराटनगरका औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गर्ने परीक्षण सफल भयो, अब वैशाख मसान्त अर्थात् सोमबारदेखि देशभरका सबै औद्योगिक क्षेत्र लोडसेडिङमुक्त हुनेछन्,’ अधिकारीले कान्तिपुरस“ग भने । लोडसेडिङका बेला मह“गो डिजेल किनेर उद्योग चलाउन बाध्य उद्योगीलाई चौबीसै घण्टा बिजुली उपलब्ध हु“दा ठूलो राहत पुग्ने, उत्पादकत्वसमेत बढ्ने र उत्पादित वस्तुसमेत सस्तो हुने ऊर्जा मन्त्रालयका अधिकारी बताउ“छन् । जेनेरेटर चलाएर बिजुली निकाल्दा प्रतियुनिट झन्डै २८ रुपैया“ पर्छ ।
अधिकारीका अनुसार औद्योगिक क्षेत्रहरूलाई ३ सय ५० मेगावाटको हाराहारीमा बिजुली आवश्यक पर्छ । शनिबार बिजुलीको पिक लोड ११ सय ८५ मेगावाट थियो भने उत्पादन प्राधिकरणका आयोजनाहरूबाट ३ सय ३१, निजी क्षेत्रका आयोजनाबाट २ सय २३ र भारतबाट आयातित बिजुली ४ सय ८१ गरी १ हजार ३५ मेगावाट थियो । अर्थात् १ सय ५० मेगावाट मात्र अपुग थियो । ‘हिजो (शनिबार) को हिसाब गर्दा औद्योगिक क्षेत्रसहित पूरै मुलुकलाई लोडसेडिङमुक्त गर्न १ सय ५० मेगावाट बिजुली अपुग थियो,’ अधिकारीले भने, ‘भोलि (सोमबार) देखि कुलेखानी जलाशययुक्त आयोजना, भारतबाट थप आयात र अरू आयोजनाको सुधार गरेर औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा लोडसेडिङमुक्त गर्छौं ।’ आगामी हिउ“दसम्म सरकारी र निजी क्षेत्रका आयोजनाबाट बिजुली थपिने भएकाले बाह्रैमास औद्योगिक क्षेत्रसहित देशभर लोडसेडिङमुक्त अभियान जारी राख्न सकिने विश्वास प्राधिकरणको छ ।



No comments:

Post a Comment