Sunday, March 8, 2020

चिनियाँ राष्ट्रपतिद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौं, २४ फागुन– चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण गरेको जानकारी पाएको उल्लेख गर्दै आफ्नो सरकार, चिनियाँ जनता र आफ्नातर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा दुई देशका जनताको हितमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।


No comments:

Post a Comment