Sunday, March 15, 2020

दाहालले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं, १ चैत– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी ओलीलाई भेटेका हुन् । भेटमा दाहालले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकामा बधाई दिनुका साथै स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका थिए ।
दाहालको सचिवालयले दिएको जानकारीअनुसार उनले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । दाहालले प्रधानमन्त्री ओलीलाई मुलुक र पार्टीको पछिल्लो समसामयिक राजनीतिक गतिविधिबारेमा जानकारीसमेत गराएका थिए ।
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा फागुन २१ मा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएर बालुवाटार फर्केका हुन् । बालुवाटारमा चिकित्सकहरूको निगरानीमा प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभ गरिरहेका छन् ।


No comments:

Post a Comment