Saturday, March 21, 2020

नेपाल–भारत मैत्री बस सेवा स्थगित

गाडीलाई दैनिक सफा गरी जिवाणुरहित बनाउन र स्यानिटाइजर राख्न आह्वान
काठमाडौं, ७ चैत– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने र अनुमतिपत्रमा वर्ग थप गर्ने कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरी सरकारको निर्देशनमा आगामी १३ गतेदेखि लागू हुने गरी नया“ लाइसेन्स जारी गर्ने र अनुमतिपत्रमा वर्ग थप गर्ने कार्य अनिश्चितकालका लागि स्थगन गरिएको जनाएको छ ।
विभागका अनुसार नया“ लाइसेन्सका लागि आवेदन लिने र ट्रायल दिने कार्यसमेत स्थगन गरिएको छ । विभागले सूचनामा लाइसेन्स नवीकरण र प्रतिलिपि दिने कार्य भने सुचारु रहने जनाएको छ ।
विभागले शुक्रबारदेखि यात्रुवाहक सबै सार्वजनिक सवारी साधनका लागि रुट पर्मिट लिनु नपर्ने व्यवस्था गरेको छ । कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यान दिई सरकारले चैत मसान्तसम्मका लागि सबै शैक्षिक संस्था बन्द गरेको र निर्धारित परिक्षासमेत स्थगित भएकाले विद्यार्थीहरू मुख्य सहरबाट एकैपटक आ–आफ्ना घर जाने भएकाले यात्रु वाहक सवारी साधनका लागि वैसाख ३ सम्मका लागि रुट पर्मिट लिनु नपर्ने व्यवस्था गरिएको जनाएको छ ।
विभागले नेपाल–भारतबीच सञ्चालन हु“दै आएका सबै बस सेवा स्थगित गरेको छ । विभागले हाल १३ वटा रुटमार्फत नेपाल–भारतबीच सञ्चालनमा रहेका नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
विभागले यातायात व्यवसायीहरू दैनिक रूपमा सार्वजनिक सवारी साधनहरू दैनिक सफा गरी डिस्इन्फेक्टेड (जीवाणुरहित) बनाउन र प्रत्येक गाडीमा यात्रुका लागि अनिवार्य रूपमा स्यानिटाइजर राख्नसमेत आह्वान गरेको छ ।
विभागले सूचनामा सार्वजनिक यातायातमा बढी भीड हुन नदिन सवारी साधनमा सिटभन्दा बढी एक जना पनि यात्रु नचढाउन र सर्वसाधारणलाई समेत बिना सिट गाडीमा नचढ्न आह्वान गरेको छ । विभागले मुलुकका मुख्यमुख्य बसपार्कहरू र काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने प्रमुख नाकाहरू सरकारले निकट भविष्यमा स्थापना गर्ने हेल्थ डेस्क (स्वास्थ्य केन्द्र) मा अनिवार्य रूपमा आफ्नो स्वास्थ्य परिक्षण गराएरमात्र सार्वजनिक गाडीमा यात्रा गर्नसमेत आग्रह गरेको छ ।

No comments:

Post a Comment