Monday, March 2, 2020

साझा पार्टीको महाधिवेशन ०७८ जेठमा

काठमाडौं, १७ फागुन— साझा पार्टीको महाधिवेशन २०७८ जेठमा हुने भएको छ । लुम्बिनीमा तीन दिनसम्म चलेको पार्टीको राष्ट्रिय भेलाले २०७८ जेठ १५ देखि १७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।
साझा पार्टीद्वारा शनिबार जारी विज्ञप्तिमा भेलाले १४ बु“दे लुम्बिनी घोषणापत्र जारी गरेको जनाएको छ । भेलाले पार्टीको एक वर्षको रणनीति र कार्यनीतिसमेत पारित गरेको छ । भेलाले धर्म निरपेक्षता र संघीयताका बारेमा जनमतसंग्रह गराउनु पर्ने पक्षमा पार्टी उभिने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
घोषणापत्रमा आगामी वर्ष संगठन विस्तार तथा सुदृढीकरण, वैचारिक तथा राजनीतिक दिशानिर्देश र प्रशिक्षणका लागि नीति तथा स्कुलिङ, भ्रष्टाचार विरोधी अभियान, समान विचार राख्ने व्यक्ति, समूह र राजनीतिक शक्तिहरूस“ग सहकार्य, एकता र ध्रुवीकरण गर्नेसमेत उल्लेख छ ।
भेलाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न २०४६ सालदेखि राजनीतिक र प्रशासनिक पदमा रहेका सबैको सम्पत्ति जा“चबुझ गरी अवैध सम्पत्ति सरकारीकरण गर्न सरकारसित माग गरेको छ ।  भेलाले संघ र प्रदेश तहमा सांसदका नाममा बजेट छुट्ट्याउने नीति खारेज गर्नसमेत माग गरेको छ ।


No comments:

Post a Comment