Wednesday, March 11, 2020

वन प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, २७ फागुन– डिभिजन वन कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख कृष्णबहादुर देवकोटासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । देवकोटाले कार्यालय सहयोगी प्रमोदकुमार तेलीमार्फत नियमबमोजिम लिलाम बिक्री भएको काठको छोडपुर्जी दिने क्रममा २ लाख रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले दुई जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
अख्तियारले डडेल्धुराको बडमस्थित श्रीभूमिराज प्राथमिक विद्यालयका प्रधानाध्यापक कलापतिदेवी अवस्थीविरुद्ध समेत नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएसँगै तीनै जना निलम्बित भएका छन् ।

No comments:

Post a Comment