Monday, March 2, 2020

कोरोनाका कारण विदेशमा भ्रमण वर्ष प्रचार कार्यक्रम स्थगित : पर्यटनमन्त्री

काठमाडौं, १७ फागुन– सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लक्षित विदेशमा गरिने प्रचार कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण चीनलगायत धेरै मुलुकमा देखिएपछि सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचार प्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनको कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए ।
उनले कोरोना भाइरसको संक्रमणले भ्रमण वर्षलाई नकारात्मक असर परेको र विदेशी पर्यटक आगमन घटेको बताए । ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रै आन्तरिक पर्यटन प्रवद्र्धनको काममा बढी केन्द्रित हुन्छौं’ उनले भने । सरकारले भ्रमण वर्ष सफल बनाउनका लागि नेपालमा बढी पर्यटक आउने भारत, चीन, अमेरिका, बेलायतसहित युरोपियन मुलुकमा प्रचारप्रसार गर्ने कार्यक्रम तय गरेको थियो ।

No comments:

Post a Comment