Sunday, March 15, 2020

इन्जिनियर र शाखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, १ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र शाखा अधिकृत (रेन्जर) सहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सब–इन्जिनियर प्रमोदकुमार उप्रेती र महोत्तरीको जलेश्वरनाथ सब–डिभिजन वन कार्यालयका रेन्जर (शाखा अधिकृत) राम आशिष यादव छन् ।
जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर खनाल र सब–इन्जिनियर उप्रेतीले धवलागिरी गाउँपालिका–३ स्थित श्री सूर्य ज्योति आधारभूत विद्यालयमा भवन निर्माणका क्रममा ठेकेदारसित ७० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
रेन्जर यादवले महोत्तरी एकडारा गाउ“पालिका– २ मा सिफारिस लिएर घरायसी चिरान काठ लोड गरेको ट्रयाक्टर अनधिकृत रूपमा नियन्त्रणमा लिई घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment