Wednesday, March 4, 2020

६ सचिवको सरुवा, नयाँ दुई सचिवको पदस्थापना

काठमाडौं, २० फागुन– सरकारले विभिन्न मन्त्रालय र निकायका ६ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकको निर्णयअनुसार सरुवा भएका ६ सचिवलाई मंगलबार पत्र दिइएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ ।
स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सारिएको छ । उनलाई स्वास्थ्य मन्त्रालयको प्रशासन र जनसंख्या हेर्ने जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानेलाई भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ ।
भूमि व्यवस्था मन्त्रालयका सचिव सूर्य गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । घिमिरेलाई मन्त्रालयमा उद्योग हेर्ने जिम्मेवारी दिइएको छ ।
सरकारले हालै बढुवा भएका सचिव एकनारायण अर्याललाई काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा र कायममुकायम सचिव रामशरण पुडासैनीलाई अर्थमन्त्रालयको राजस्व सचिवमा पदस्थापन गरिएको छ । राजस्व सचिव शिशिर ढुंगानालाई अर्थमन्त्रालको जिम्मेवारी दिइएपछि पद रिक्त थियो । कलकत्तास्थित महावाणिज्य दूत अर्याल र अर्थमन्त्रालयका वरिष्ठ सहसचिव पुडासैनीलाई पछिल्लो मन्त्रिपरिषदले सचिवमा बढुवा गरेको हो ।

No comments:

Post a Comment