Saturday, March 21, 2020

निजामती र संगठित संस्थाका सेवा प्रवेश परिक्षा स्थगित

काठमाडौं, ७ चैत– लोकसेवा आयोगले निजामती सेवा, सुरक्षा निकायसहित सरकारी स्वामित्व सबै संगठित संस्थाको पूर्वनिर्धारित लिखित तथा मौखिक परिक्षाका सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ । लोकसेवाको बिहीबार बसेको बैठकले कोभिड–१९ रोकथामका लागि सरकारबाट चालिएका कदमलाई सहयोग पु¥याउन पूर्वनिर्धारित परिक्षाका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको हो ।
शाखा अधिकृत तहका विभिन्न पदका लागि निजामतीको इन्जिनियरिङ सेवाका २० वटा, कृषि, वन तथा विविध सेवाका २० वटा, प्रशासन, न्याय, परराष्ट्र तथा संघीय संसद सेवाका १४ वटा, स्वास्थ्य सेवाका १५ वटा विज्ञापनका पूर्वनिर्धारित सबै परिक्षा स्थगन गरिएको लोकसेवाको सूचनामा उल्लेख छ ।
लोकसेवाले सुरक्षा निकाय तथा संगठित संस्थाहरू नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, दुग्ध विकास संस्थान, नेपाल नोटरी पब्लिक र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न पदका लागि पूर्व निर्धारित लिखित परिक्षा स्थगन गरिएकोसमेत जनाएको छ ।
निजामती सेवा तथा सुरक्षा निकाय र संगठित संस्थाका ५ हजारभन्दा बढी पदका लागि विज्ञापन गरिएको ती परिक्षामा ५ लाखभन्दा बढी परिक्षार्थी रहेको जानकारी आयोग स्रोतले दिएको छ । ती परिक्षा अर्को सूचना जारी भएपछिमात्र तोकिने जानकारीसमेत आयोगले दिएको छ ।

No comments:

Post a Comment