Sunday, March 8, 2020

दुई इन्जिनियर र इन्स्पेक्टरविरुद्ध मुद्दा

काठमाडौं, २४ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव तहका इन्जिनियर, सब–इन्जिनियर र सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध घूस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा विद्युत प्राधिकरणको सिन्धुली वितरण केन्द्रका प्रमुख (इन्जिनियर आठौं तह) शेरबहादुर सुनार र भोजपुरको आमचोक गाउँपालिकाका सब–इन्जिनियर विष्णुकुमार राई र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट, टांघनडुब्बा, झापाका प्रहरी निरीक्षक खगेन्द्र चापागाईं छन् ।
सुनारले कार्यालय भवन निर्माणको बिल भुक्तानीका क्रममा ७५ हजार, राईले खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि ५ हजार र चापागाईंले सिमा नाकाबाट व्यापार गर्न सहज गरिदिने नाममा सेवाग्राहीसित ५० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


No comments:

Post a Comment