Wednesday, March 18, 2020

२६ जिल्लामा प्रजिअ हेरफेर

केसी अध्यागमनको महानिर्देशक
काठमाडौँ, ३ चैत— गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गरेको छ । गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सहसचिव र उपसचिवस्तरका प्रजिअ र कामु प्रजिअको हेरफेर गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाले आफ्नो अनुकूलका प्रशासकलाई महत्त्वपूर्ण जिल्ला र निकायको जिम्मेवारी दिएको तथा अनुकूल काम गर्न नमान्नेहरूलाई मन्त्रालय र मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थन्क्याएको स्रोतले जनाएको छ।
प्रजिअहरूमध्ये धनुषाका प्रदीपराज कँडेललाई कारागार विभागको महानिर्देशक र कास्कीका रमेशकुमार केसीलाई अध्यागमनको महानिर्देशक बनाइएको छ। मकवानपुरका नारायणप्रसाद भट्ट र बाराका फणीन्द्रमणि पोखरेललाई गृह मन्त्रालयमा सारिएको छ।सहसचिवहरू दीपकराज नेपाललाई मकवानपुर, ज्ञानप्रसाद ढकाललाई कास्की, कोषहरि निरौलालाई धनुषाको प्रजिअ बनाइएको छ। हीरालाल रेग्मी र हरिप्रसाद घिमिरे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएका छन् ।
सहसचिवहरू पुण्यविक्रम पौडेललाई अछाम, केशवप्रसाद बिमलीलाई धनकुटा, वासुदेव दाहाललाई नवलपरासी पश्चिम, योगेन्द्रप्रसाद पाण्डेलाई सिन्धुली, दीपककुमार पहाडीलाई उदयपुर, अर्जुनकुमार शर्मालाई पाँचथर, सरोजप्रसाद गुरागाईंलाई सिरहा, बद्रीनाथ अधिकारीलाई तनहुँको प्रजिअमा सारिएको छ। सिरहाका प्रजिअ गोपालकुमार अधिकारी, पाँचथरका प्रजिअ मुरारी वस्ती र सिन्धुलीका कामु प्रजिअ जनार्दन गौतमलाई पनि प्राधिकरणमा सारिएको छ।
तनहुँका कामु प्रजिअ रुद्रप्रसाद पण्डितलाई बारामा, रूपन्देहीका सहायक प्रजिअ भरतकुमार शर्मालाई गुल्मीको प्रजिअमा, धनकुटाका कामु प्रजिअ कृष्णबहादुर घिमिरेलाई सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।
यसैगरी उदयपुरका कामु प्रजिअ ध्रुवबहादुर खड्कालाई मोरङको सहायक प्रजिअ, मोरङका अनुज भण्डारीलाई सिरहाको सहायक प्रजिअ र अछामका प्रजिअ भोजराज श्रेष्ठलाई धनकुटाको सहायक प्रजिअको जिम्मेवारी दिएर सरुवा गरिएको छ। फेर

No comments:

Post a Comment