Thursday, June 21, 2012

काठमाडौं, ७ असार- कांग्रेसले संघीयतामा जाँदा आदिबासी जनजातिका बारेमा पार्टीमा लिने नीतिबारे सुझाव दिन नेता भीमबहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकले नेपाल आदिवासी जनजाति संघलगायत विभिन्न संस्थाका प्रतिनिधिले पार्टीमा दिएको ज्ञापनपत्रमाथि पार्टीको नीति तथा संविधानसभाको निर्वाचनमा प्रस्तुत पार्टीको घोषणापत्रलाई समेत आधार मानी समस्या समाधानका लागि एक महिनाभित्र सुझाव दिन तामाङको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा महेश आचार्य नरहरि आचार्य मिनेन्द्र रिजाल मानबहादुर विश्वकर्मा उमाकान्त चौधरी भीष्मराज आङ्दम्बे अजयकुमार चौरसिया गगन थापा सीता गुरुङ र लक्ष्मी राई छन् ।
बैठकले संविधानको व्यवस्थाअनुरुप गठित विशेष समितिले दलहरुको सातबुँदे सहमतिअनुरुप लडाकुहरुको समायोजन सम्बन्धमा गरेका निर्णय कार्यान्वयन गर्ने कार्य वैधानिकता गुमाएको सरकारका कारण पूर्णतः अवरुद्ध भएकामा गम्भीर आपत्ति प्रकट गरेको छ । साथै कांग्रेसले समायोजन कार्यलाई तत्काल अघि बढाउन मागसमेत गरेको छ । शिविरमा रहेका माओवादीका पूर्व लडाकुलाई नेपाली सेनाको जिम्मा लगाइए पनि सरकारले समायोजनको प्रकि्रया टुंग्याएको छैन ।
कब्जा गरिएका घर जग्गा फिर्तालगायत शान्ति प्रकृयाका बाँकी काम अझै पनि एकीकृत नेकपा माओवादी एवं उसको नेतृत्वको सरकारले कार्यान्वयन नगरेकामा गम्भीर आपत्ति प्रकट गदैै्र विगतका सहमतिबमोजिम तत्काल कब्जा सम्पत्ति फिर्ता र विस्थापितलाई ससम्मान घर फर्काउनेलगायतका कार्य गर्न बैठकले माग गरेको छ ।
कांग्रेसले संविधानसभा भंग गराई माओवादी सत्ता कब्जामा लागेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध २४ दलले घोषणा गरेको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । साथै कांग्रेसले प्रमुख दलहरुबीच सहमति कायम गर्न आन्दोलनसँगै वार्ता अघि बढाउने निर्णयसमेत गरेको छ ।
कांग्रेसमा व्यापक कार्यकर्ता भेलाको माग
कांग्रेसमा गणतन्त्र संघीयता समावेशिता मिश्रित चुनाव प्रणाली र धर्मनिरपेक्षतालाई नयाँ संविधानमा लोकतान्त्रिक ढंगले सुनिश्चित गर्नका लागि पार्टीको भूमिका सशक्त बनाउनका लागि व्यापक कार्यकर्ता भेला गर्नुपर्ने आवाज उठेको छ ।
कांग्रेसका पूर्व महामन्त्री बिमलेन्द्र निधिले मुलुक परिवर्तनको आधार गणतन्त्र संघीयता समावेशिता मिश्रित चुनाव प्रणाली र धर्मनिरपेक्षतालाई नयाँ संविधानमा लोकतान्त्रिक ढंगले सुदृढ गर्नका लागि पार्टीको भूमिकालाई यसअघिको भन्दा सशक्त बनाउन पार्टीका जिल्ला सभापति क्षेत्रीय सभापति र गाउँ समितिका सभापतिहरुको छुट्टाछुट्टै र संयुक्त भेला गर्न माग गरेका छन् । ुसंयुक्त भेलामा केन्द्रदेखि गाउँसम्मका पार्टीका ४ हजारको हाराहारीमा नेता तथा कार्यकर्ता सहभागी हुन्छन् त्यसले संघीय लोकतन्त्रसहित परिवर्तनको एजेन्डाका पक्षमा लिने निर्णयले पार्टीको पक्षमा नयाँ ऊर्जा उत्पन्न गर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र सबैको ध्यान कांग्रेसतर्फ तान्छु उनले भने । उनले त्यस्तो व्यापक भेलाले कांग्रेससहितका दलहरुले गर्ने आन्दोलन र सहमतिका लागि पार्टीले अघि सार्ने एजेन्डालाई समेत बल पुर् याउने तथा केन्द्र र गाउँका नेताका बीचको ग्यापसमेत कम हुने बताए ।
कांग्रेसले पार्टी सदस्यता वितरण अभियान सुरु गर्ने
कांग्रेसले पार्टीलाई सशक्त बनाउन देशभर असार साउन भदौ र असोजमा कि्रयाशील सदस्यता र साधारण सदस्यताको नवीकरण र नयाँ वितरण कार्य अभियानका रुपमा अघि बढाउने भएको छ । त्यसका लागि पार्टीको साधारण सदस्यताका लागि २ लाख ४० हजार सदस्यताको प्रति जिल्ला समितिहरुलाई पठाएको छ । कांग्रेसले मतदाता नामावली अद्यावधि गर्न पार्टीका जिल्ला क्षेत्र नगर गाउँ र वडा समितिलाई सकि्रय हुनसमेत आह्वान गरेको छ । कांग्रेसले सबै सबै नेता केन्द्रीय पदाधिकारी एवं सदस्य पूर्व सांसद विगत निर्वाचनका सांसद उम्मेदवार महासमिति सदस्य महाधिवेशन प्रतिनिधिलाई आ-आफ्नो निर्वाचन क्षेत्रमा पार्टीले असार ८ देखि असार २५ सम्म साचालन गर्ने कार्यक्रममा अनिवार्य सहभागी हुनसमेत निर्देशन दिएको छ ।
चितवन तदर्थ समितिको सभापतिमा गुरुङ
कांग्रेसले पूर्व जिल्ला सभापति टेकराज गुरुङको संयोजकत्वमा पार्टीको चितवन जिल्ला तदर्थ समिति गठन गरेको छ । कांग्रेस बैठकले गुरुङ सभापति रहेको १५ सदस्यीय पार्टीको चितवन जिल्ला कार्यसमिति गुरुङको अध्यक्षतामा गठन गरेको हो ।
तदर्थ समितिमा उमा रेग्मी तीर्थराज भुसाल शेषनाथ अधिकारी पृथ्वीमान गुरुङ सावित्री बोगटी पाठक राजेन्द्रप्रसाद चौधरी रामबहादुर लामा भीमप्रसाद थपलिया अन्जनी श्रेष्ठ शिवनारायण महतो गुरौ भृकुटी पौडेल कमल आचार्य चिनबहादुर प्रजा र शान्ति परियार राखिएका छन् ।
कांग्रेस बैठकले तरुण दल चितवनका अध्यक्ष शिव पौडेल जेलमा असुरक्षित रहेको जानकारी पाएपछि पनि उनलाई बचाउन कुनै प्रयास नगरेको आरोपमा चितवन कांग्रेसका सभापति विकास कोइरालाको अध्यक्षतामा रहेको कार्यसमिति भंग गरेको थियो । कांग्रेसले महामन्त्री कृष्ण सिटौलाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनअनुसार चितवन जिल्ला कार्यसमितिलाई भंग गरेको हो ।
गुरुङको अध्यक्षतामा गठित चितवन जिल्ला तदर्थ समितिलाई जिल्ला अधिवेशनभित्र गरिसक्ने जिम्मा
दिएको छ । निर्वाचन सम्पन्न गर्न अधिवक्ता यदुनाथ खनाललाई केन्द्रीय निर्वाचन अधिकृत तोकिएको छ ।

टिभीमा हस्तक्षेपत्रको विरोध
कांग्रेसले प्रतिपक्षीहरुको कार्यक्रम प्रत्यक्ष प्रसारण गरेकामा नेपाल टिभीका कामु महाप्रबन्धक दीपकमणि धिताललाई कारबाही गरेकामा गम्भीर आपत्ति जनाएको छ । सरकारी साचार माध्यमलाई निरंकुशताको मतियार बनाउन कारबाही गरेको भन्दै धिताललाई ससम्मान कामु महाप्रबन्धको जिम्मेवारी दिन माग गरेको छ ।





No comments:

Post a Comment