Wednesday, June 27, 2012

मन्त्रिपरिषद मातहतमा पाँच समिति गठन

काठमाडौं, १३ असार- मन्त्रिपरिषदले आफूले सम्पादन गर्नुपर्ने कामकारबाहीलाई सहज बनाउन प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु रहेको पाँचवटा समिति गठन गरेको छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले सरकारको कार्यसम्पादन नियमावलीबमोजिम आफू मातहतमा पाँचवटा समिति गठन गरेको हो ।
मन्त्रिपरिषदद्वारा गठित समितिमा राजनीतिक, प्रशासन, सामाजिक, आर्थिक तथा पूर्वाधार र विधेयक समिति छन् । मन्त्रिपरिषदमा आउने विभिन्न प्रस्तावमा सम्बन्धित समितिहरुमा विज्ञहरुको समेत राय लिई छलफल गरेर निर्णयमा पुग्न विभिन्न समितिहरु गठन गरिएको हो ।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा गठित राजनीतिक समितिमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार (गृह),  नारायणकाजी श्रेष्ठ (परराष्ट्र र स्थानीय विकास), मन्त्रीहरु हृदयेश त्रिपाठी (भौतिक योजना), राजेन्द्र महतो (स्वास्थ्य), महेन्द्र यादव (संचाइ), अनिल झा (उद्योग), राजकिशोर यादव (सूचना तथा साचार), चन्द्रदेव जोशी (भूमिसुधार) र केशवमान शाक्य (वातावरण) सदस्य छन् ।
प्रधानमन्त्रीकै अध्यक्षतामा गठित प्रशासन समितिमा उपप्रधानमन्त्रीद्वय गच्छदार (गृह) र श्रेष्ठ (परराष्ट्र र स्थानीय विकास), मन्त्रीहरु हृदयेश त्रिपाठी (भौतिक योजना), पोष्टबहादुर बोगटी (पर्यटन), राजेन्द्र महतो (स्वास्थ्य), वर्षमान पुन (अर्थ), महेन्द्र यादव (संचाइ), राजकिशोर यादव (सूचना तथा साचार) र चन्द्रदेव जोशी (भूमिसुधार) सदस्य छन् ।
उपप्रधान एवं गृहमन्त्री गच्छदारको संयोजकत्वमा गठित सामाजिक समितिमा टोपबहादुर रायमाझी (शान्ति तथा पुनर्निर्माण), राजेन्द्र महतो (स्वास्थ्य), दिनानाथ शर्मा (शिक्षा), एकनाथ ढकाल (सहकारी तथा गरिबी निवारण), यदुवंश झा (वन) र बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याण सदस्य छन् ।
अर्थमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठित आर्थिक तथा पूर्वाधार समितिमा हृदयेश त्रिपाठी (भौतिक योजना), पोष्टबहादुर बोगटी (पर्यटन), टोपबहादुर रायमाझी (शान्ति तथा पुनर्निर्माण), महेन्द्र यादव ( िसंचाइ), राजकिशोर यादव (सूचना तथा साचार), केशवमान शाक्य (वातावरण) सदस्य छन् ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीको संयोजकत्वमा गठित विधेयक समितिमा मन्त्रीहरु टोपबहादुर रायमाझी (शान्ति तथा पुनःनिर्माण), दिनानाथ शर्मा (शिक्षा), अनिल झा (उद्योग), चन्द्रदेव जोशी (भूमिसुधार), कुमार बेल्वासे  (श्रम तथा रोजगार) र यदुवंश झा (वन) सदस्य छन् ।

No comments:

Post a Comment