Monday, June 11, 2012

निजामती कर्मचारी संघद्वारा दर्ताका लागि श्रम विभागमा आवेदन

काठमाडौं, २९ जेठ- कांग्रेस निकट निजामती कर्मचारी युनियनबाट विभाजित भई गठन भएको नेपाल निजामती कर्मचारी संघले आफूलाई राष्ट्रिय कर्मचारी संगठनका रुपमा मान्यता दिन माग गर्दै श्रम विभागमा सोमबार आवेदन दिएको छ । संघ समर्थित निजामती कर्मचारीहरुले संघको राजधानीको अनामनगरस्थित कार्यालयबाट र् यालीसहित विभागमा गएर आफ्नो संघलाई दर्ता गर्न आवेदन दिएका हुन् ।
संघले ७ साँढे सात हजार कर्मचारीको हस्ताक्षर र ३४ जिल्लामा कार्यसमितिसहित राष्ट्रिय कर्मचारी संगठनका रुपमा दर्ता हुन आवेदन दिएको हो । राष्ट्रिय कर्मचारी संगठनका रुपमा दर्ता हुन ५ हजार कर्मचारीको हस्ताक्षर र २० जिल्लामा कार्यसमिति हुनु अनिवार्य हुन्छ ।
संघका केन्द्रीय सदस्य विश्वबन्धु रेग्मी सबैजसो लोकतन्त्रवादी कर्मचारीहरु आफ्नो संगठनमा आवद्ध भएको दाबी गरे । ुसंघ सम्पूर्ण लोकतन्त्रवादी कर्मचारीको छाता संगठन बन्नेछु रेग्मीले भने । विभागले आवेदनका बारेमा छानबिन गरी केही दिनभित्र मान्यता दिनेछ ।
संघ दर्ता भएपछि राष्ट्रियस्तरका निजामती कर्मचारी संघ÷संगठनको संख्या सात पुग्नेछ । यसअघि नै माओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठन, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, एमाले सम्बद्ध निजामती कर्मचारी संगठन, संयुक्त लोकतान्त्रिक मधेसी र्मार्चा निकट नेपाल मधेसी कर्मचारी माच, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्र सेवक कर्मचारी संगठन राष्ट्रिय कर्मचारी संगठनका रुपमा मान्यता पाई कार्यरत छन् ।

No comments:

Post a Comment