Thursday, June 28, 2012

कांग्रेसमा संविधानसभा पुनःस्थापनालाई एजेन्डा बनाउन ज्ञापन

काठमाडौं, १४ असार- कांग्रेसका ७८ पूर्वसभासदले संविधानसभा पुनःस्थापनालाई पार्टीको एजेन्डा बनाउन सभापति सुशील कोइरालालाई ज्ञापनपत्र दिएका छन् । उनीहरुले बिहीबार कोइरालालाई सामूहिक रुपमा भेटी मुलुकको राजनीतिक संकट अन्त्य गरी संविधान निर्माण र संक्रमणकालको अन्त्य गर्न संविधानसभा पुनःस्थापनाको विकल्प नरहेको भन्दै ज्ञापनपत्र दिएका हुन् ।
ज्ञापनपत्रमा उनीहरुले नयाँ चुनाव गराउने स्थिति नै नरहेका बेला संविधानसभा पुनःस्थापनालाई पार्टीको एजेन्डा बनाएर अरु पार्टीसित त्यसमा सहमतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेको जानकारी कांग्रेसका पूर्वसभासद मोहन पाण्डेले जानकारी दिए । छन् । 'हामीले पार्टीले संविधानसभा पुनःस्थापनालाई पार्टीको आधिकारिक एजेन्डा बनाएर अघि बढ्न आग्रह गरेका छौं मुलुकमा संकट समाधान गरी संविधान निर्माण गर्न र संक्रमणकालको अन्त्य गर्न संविधानसभाको पुनःस्थापनाबाहेक अर्को विकल्प छैन भनेर ज्ञापनपत्र दिएका हौं' पाण्डेले भने ।

No comments:

Post a Comment