Wednesday, June 20, 2012

कार्यकारी निर्देशक नियुक्त गर्न आयोगसहित सहमति माग

काठमाडौं, ६ असार- श्रम मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न निर्वाचन आयोगसित सहमति माग गरेको छ । बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा दुई साताअघि गाडी दुर्घटनामा मृत्यु भई रिक्त पदमा नयाँ नियुक्ति गर्न श्रम मन्त्रालयले पत्र पठाई आयोगसित सहमति माग गरेको जानकारी स्रोतले दिए ।
श्रम मन्त्री कुमार बेलबासेको अध्यक्षतामा बसेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरी उपसचिव गिरिजा शर्मालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धा नियुक्त गर्न श्रमसचिव सोमलाल सुवेदीको अध्यक्षतामा लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयका सहसचिव रहेको पदपूर्ति समिति छ ।
निर्वाचन आयोगले सहमति दिएमा पदपूर्ति समितिले सार्वजनिक सूचना आह्वान गरी खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट गर्नेछ । त्यसरी छनौट भएको व्यक्तिलाई बोर्डले कार्यकारी निर्देशक नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

No comments:

Post a Comment