Saturday, June 23, 2012

महिला चालक संघमा नयाँ नेतृत्व

काठमाडौं, ९ असार- नेपाल महिला यातायात चालक श्रमिक संघको शनिबार राजधानीमा भएको अधिवेशनले देवी कार्कीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा मिनाचन्द ठकुरी, महासचिवमा ज्ञानु लामा, सचिवमा सुष्मा थापा, कोषाध्यक्षमा तारा मैनाली निर्वाचित भएका छन् ।
अधिवेशनले कार्यसमितिको सदस्यमा बिमला राई ठूलीमाया तामाङ, डिलुमाया श्रेष्ठ, भगवती निरौला, बिमला रिमाल, हेमा विक, आशा लामा र विष्णु लामा निर्विरोध निर्वाचित गरेको छ । संघ देशभर विभिन्न सवारी साधन चलाउने महिला चालकहरुको साझा संगठन हो । कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा काठमाडौं महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारी र विभिन्न यातायात व्यवसायी संघ र यातायात मजदुर संघका प्रतिनिधि उपस्थित थिए ।

No comments:

Post a Comment