Tuesday, June 19, 2012

स्थानीय विकासद्वारा िसंहदरबारभित्रको नयाँ भवन 'कब्जा'

स्थानीयले सहमति उल्लंघन गरेकामा सहरी विकास मन्त्रालयको आपत्ति
काठमाडौं, ५ असार- स्थानीय विकास मन्त्रालयले सहरी विकासलाई छुट्ट्याइएको तल्लासमेत कब्जा गरी िसंहदरबारभित्र नवनिर्मित मन्त्रालय भवनमा सरेपछि दुई मन्त्रालयबीच लिएर गम्भीर विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई र मुख्यसचिव माधव घिमिरेको उपस्थितिमा भएको समझदारीविपरीत स्थानीय विकास सहरी विकासलाई छुट्ट्याइएको तल्लासमेत कब्जा गरी एकतर्फी रुपमा नवनिर्मिति भवनमा सरेपछि दुई मन्त्रालयबीच विवाद उत्पन्न भएको हो ।
प्रधानमन्त्री भट्टराई र मुख्यसचिव घिमिरेको उपस्थितिमा दुई मन्त्रालयका अधिकारीबीच उक्त भवनको भुईँ तल्ला र पहिलो तल्लामा सहरी विकास र दोस्रो तथा तेस्रो तल्लामा स्थानीय विकास मन्त्रालय राख्ने समझदारी भएको थियो ।
तर समझदारीविपरीत स्थानीय विकास मन्त्रालय सहरी विकासलाई राख्ने भनेको पहिलो तल्लासहित दोस्रो र तेस्रोसहित तीन तल्लामा सरेपछि विवाद उत्पन्न भएको हो । स्थानीय विकासका अधिकारीले समझदारीविपरीत भवन पूरा निर्माण नभइसक्तै आफ्नो मन्त्रालय ललितपुरको पुल्चोकबाट िसंहदरबारभित्रको नवनिर्मित भवनमा सारेपछि सहरी विकास मन्त्रालयका अधिकारीले आपत्ति जनाएका छन् ।
'प्रधानमन्त्री र मुख्यसचिवको तहमा भएको समझदारीविपरीत स्थानीय विकास मन्त्रालयलाई सहरी विकासलाई राख्ने भनिएको तल्लासहितमा सारिनु जिम्मेवार सरकारी अधिकारीको गम्भीर गैरजिम्मेवारी र सरकारको निर्णयको अवज्ञा हो । त्यसमाथि स्थानीय विकासका इन्जिनियर पृष्ठभूमिका सचिव शीतलबाबु रेग्मीको नेतृत्वमा ठेकेदारले निर्माणको काम सम्पन्न नगर्दै मन्त्रालय सारिनु झन् आश्चर्यको कुरा हो' िसंहदरबार पुनःनिर्माण सचिवालयका एक अधिकारीले भने ।
हस्तान्तरण नगर्दै मन्त्रालय सारेपछि ठेकेदारले बाँकी सम्पन्न गर्नुपर्ने कामसमेत नगर्ने र त्यसले सरकारलाई घाटा हुन्छ भन्ने कुरा इन्जिनियर सचिवले नबुझ्नु या नबुझेजस्तो गर्नु गैरजिम्मेवारी भएको दाबीसमेत सचिवालयका अधिकारीले गरे ।
उक्त भवनको निर्माण कार्य सम्पन्न हुन अझै तीन महिना बाँकी छ । भवनको भित्री भागमा फिनिसिङ र पेन्टिङ तथा कम्पाउन्ड निर्माण गर्न बाँकी छ मन्त्रालयको अगाडिको जमिनसमेत सम्याउन बाँकी छ । गाडी पार्किङ गर्ने ठाउँसमेत निर्माण गर्न बाँकी छ । ठेकेदारले तीन महिनापछिमात्र भवन हस्तान्तरण गर्ने जनाएको छ । तर भवन पूरा निर्माण नभइसकेको र ठेकेदारले हस्तान्तरणसमेत नगरिसकेको अवस्थामा स्थानीय विकास 'कब्जा' को शैलीमा सरेकामा सहरी विकास मन्त्रालयले आपत्ति जनाएको छ ।
िसंहदरबार पुनर्निर्माण सचिवालयले ठेकेदारले भवन निर्माणको काम सम्पन्न नगरी हस्तान्तर नगर्दै स्थानीय विकास मन्त्रालय सरेकामा गम्भीर आपत्ति जनाएको छ । िसंहदरबारभित्र मन्त्रालय र भवन निर्माणको जिम्मेवारी र रेखदेख गर्ने काम सचिवालयले गर्दै आएको छ । सचिवालयले मुख्यसचिव घिमिरेलाई पत्र लेखी काम सम्पन्न नहुँदै स्थानीय विकास मन्त्रालय सर्दा भवनको बाँकी निर्माण कार्यमा असर परेको भन्दै गम्भीर आपत्ति जनाएको हो ।
भवनको फिनिसिङ र रङरोगन तथा कम्पाउन्ड निर्माणको काम बाँकी रहेको अवस्थामा सर्दा सचिवालयले चाहेअनुसारको निर्माणको काम नहुने उल्लेख गर्दै समग्रमा त्यसले निर्माणको काममा सरकारलाई घाटा पर्नेसमेत उल्ले गरेको छ ।
स्थानीय विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश थपलियाले भने नवनिर्मित भवनमा स्थानीय र सहरी विकासलाई मिलेर बस्नु भन्ने प्रधानमन्त्री र मुख्यसचिवको आदेश भएकाले स्थानीय विकास पहिलो दोस्रो र तेस्रो तल्लामा सरेको दाबी गरे । उनले सहरी विकासलाई भूमिगत र भुइँ तल्ला छाडेर बाँकीमा स्थानीय विकास सरेको दाबी गरे । तर प्रधानमन्त्री र मुख्यसचिवको उपस्थितिमा भएको समझदारीमा भने भुँइ र पहिलो तल्लामा स्थानीय विकास र दोस्रो तथा तेस्रो तल्लामा स्थानीय विकासलाई राख्ने सहमति भएको थियो । भण्डारण र डकुमेन्टेसनका लागिमात्र उपयुक्त हुने भूमिगत तल्लाका बारेमा सहमतिमा कुनै उल्लेख थिएन ।
'स्थानीय र सहरी विकासलाई मिलेर बस्नु भन्ने आदेश छ । आदेशअनुसार भूमिगत र भुँइ तल्ला सहरी विकासलाई छाडेर हाम्रो मन्त्रालयलाई पहिलो दोस्रो र तेस्रो तल्लामा एड्जस्मेन्ट गर्दैछौं' स्थानीय विकासका प्रवक्ता थपलियाले भने । सहरी विकासका अधिकारीले भने आफ्नो मन्त्रालयलाई दिइएको पहिलो तल्ला स्थानीय विकासले सहमतिविपरीत कब्जा गरेको दाबी गरे ।
नवनिर्मित यो भवन स्थानीय विकास मन्त्रालयका लागि निर्माण गरिएको हो । तर सहरी विकास मन्त्रालय नयाँ गठन भएपछि यसका लागि भवनको अभाव भएकाले प्रधानमन्त्री भट्टराई र मुख्यसचिव घिमिरेले दुवै मन्त्रालयका अधिकारीलाई राखेर नवनिर्मित भवनमा दुवै मन्त्रालयलाई राख्ने सहमति गराएका हुन् । सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका छन् ।


No comments:

Post a Comment