Thursday, June 21, 2012

तेस्रो िलंगीले अब छुट्टै पहिचानसहितको नागरिकता पाउने

काठमाडौं, ७ असार- सरकारले तेस्रो िलंगी समुदायलाई पहिचानसहितको नागरिकता दिने कानुनी व्यवस्था गरेको छ । राजपत्रमा प्रकाशित परिवर्तित अनुसूचीअनुसार जिल्ला प्रशासन कार्यालयहरुले अब तेस्रो िलंगीलाई 'अन्य' भनेर नागरिकता दिनेछन् ।
सर्वोच्च अदालतले २०६४ पुस ६ गते समिलंगीलाई पहिचानसहितको नागरिकता दिन दिएको आदेशबमोजिम सरकारले असार दोस्रो साता नागरिकता नियमावलीको अनुसूचीमा परिवर्तन गरेको छ । समिलंगीहरुले आफूहरुलाई छुट्टै पहिचानसहितको नागरिकता दिन धेरै समयअघिदेखि माग गर्दै आएका थिए ।
तेस्रो िलंगीको पक्षमा कार्यरत नील हिरा समाजलगायतका संघसंस्थासित सहमति गरी सरकारले नागरिकता नियमावलीको अनुसूची परिवर्तन गरेको हो । नागरिकता नियमावलीको अनुसूची ७ र १२ मा तेस्रो िलंगीलाई छुट्टै पहिचान दिन छोरा र छोरीको सट्टा छोरा छोरी र अन्य राखिएको छ ।
तेस्रो िलंगी पाँचथरी हुने भएकाले सरकारले उनीहरुलाई पुरुष-महिला वा छोराछोरीको सट्टा 'अन्य' भनेर नागरिकता दिने व्यवस्था गरेको हो । पाँचथरी समूह उल्लेख गर्न सम्भव नभएकाले सरकारले आफूहरुको सितको सहमतिमा तेस्रो िलंगीलाई अन्य भनेर छुट्टै पहिचानसहितको नागरिकता दिने व्यवस्था गरेको जानकारी नील हीरा समाजका अध्यक्ष सुनिलबाबु पन्तले दिए ।
पुरुष समिलंगी, महिला समिलंगी, छोरी स्वभावको छोरा तथा छोरा स्वभावको छोरी र यौन अंग नै अस्पष्ट भएको (अन्तर िलंगी) गरी पाँचथरी तेस्रो िलंगी हुन्छन् । अस्ट्रेलिया न्युजिल्यान्ड अमेरिका अर्जेन्टिनालगायतका मुलुकमा समेत तेस्रो िलंगी समुदायलाई अन्य भनेर छुट्टै पहिचानसहितको नागरिकता दिने व्यवस्था छ ।

No comments:

Post a Comment