Sunday, November 11, 2012

अर्थमन्त्रालयबाट ‘अर्थ’ बुझेका जति सबैलाई बाई बाई

काठमाडौं, २६ कात्तिक– कांग्रेस नेता महेश आचार्य अर्थमन्त्री र बिमल कोइरालाले विशेष सचिव हु“दा २०५६ सालमा उपसचिवबाट भर्खर सहसचिवमा बढुवा भएका काममा काबिल माधव घिमिरेलाई आफ्नो मन्त्रालयमा ल्याए । उनलाई एक वर्ष कर विभागमा र चार वर्ष वैदेशिक सहायता महाशाखा प्रमुखको जिम्मेवारी दिइयो । उनले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरे । तिनै घिमिरे मुख्यसचिव भएर अवकास भए ।
मुलुकको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने अर्थमन्त्रालयमा पहिला दक्ष र योग्य व्यक्तिलाई खोजी खोजी ल्याइन्थ्यो, कुनै पक्षपात गरिंदैनथ्यो । तर, केही समययता आएर अर्थमन्त्रालयमा काबिल कर्मचारी खोज्ने परम्परा करिब समाप्तप्रायः भएको छ । अहिले अर्थमन्त्रालयमा अर्थतन्त्र बुझेको राम्रो व्यक्ति होइन, अडान नलिने, मन्त्रीले जे भने पनि मान्ने ‘आदेशपालक’ कर्मचारीको खोजी खोजी लाने परम्परा नै बनेको छ । यसको पछिल्लो उदाहरण हुन्– नया“ सचिव शान्तराज सुवेदीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिनु र अर्थमन्त्रालयमा राम्रो काम गरेका र अर्थतन्त्र बुझेका सहसचिवलाई बाहिर सरुवा गरिनु र अर्थ नै नबुझेका सहसचिवलाई मन्त्रालयमा भित्र्याइनु ।
अर्थमन्त्रालयमा अर्थतन्त्र बुझ्दै गरेको र अडान लिन सक्ने सहसचिवमा वैकुण्ठ अर्याल र राजन खनालमात्र बा“की रहेको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार अर्थमा बा“की अरू सहसचिव कोही काबिल भए पनि अडान लिन नसक्ने र कोही क्षमतावान्भन्दा पनि आदेशपालक छन् ।
‘अर्थमन्त्रालयमा सचिव रामेश्वर खनाल, सहसचिवहरू बिमल वाग्ले, लालमणि जोशी, बोधराज निरौला हु“दा वास्तवमै अर्थमन्त्रालय जस्तो थियो, तर, अर्थ बुझेका सचिव र सहसचिवहरूलाई क्रमशः बाहिर पठाइएपछि हालका सचिव र सहसचिवहरू हेर्दा अर्थमन्त्रालय हो भन्ने अनुभूतिसमेत हुन छाडेको छ’ एक सरकारी अधिकारीले कान्तिपुरसित भने ।
अर्थसचिव कृष्णहरि बा“स्कोटालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको दुई साता नबित्दै मन्त्रालयबाट सहसचिवहरू लालशंकर घिमिरे, लक्ष्मण अर्याल, महेशप्रसाद दाहाल र राजेन्द्रप्रसाद नेपाललाई अरू मन्त्रालयमा सारिएको छ । सरुवा भएकामध्ये घिमिरे अर्थमन्त्रालयमातहतका कमाउ अड्डामा लामो समय बसेका र सधैं ‘प्रिभिलेज्ड’ भनेर आलोचित र कर्मचारी वृत्तमा अलोकप्रिय भए पनि अर्थमन्त्रालय, त्यसमा पनि वैदेशिक सहायता महाशाखा प्रमुखमा अर्थतन्त्र बुझेको काबिल सहसचिव मानिन्थे । ‘अर्थमन्त्रालयमा भएका पुराना र नया“ कसैले पनि तत्काललाई घिमिरेको ‘सब्सिटच्युट’ गर्न सक्तैनन् । उनी अर्थमन्त्रालयलाई चाहिने अर्थतन्त्र बुझेको र विदेशीसित राम्रो डिल गर्न सक्ने सहसचिव मानिन्थे’ अर्थमन्त्रालय बुझेका एक अधिकारीले भने । दाताहरूले समेत उनको सरुवा गरिएकामा सरकारसित असन्तुष्टि पोख्न सक्ने ती अधिकारी उल्लेख गर्छन् ।
अर्थबाट योजना आयोगमा सरुवा गरिएका भन्सार विभागका नायव महानिर्देशक लक्ष्मण अर्याल कर बुझेको काबिल सहसचिव हुन् । नक्कली भ्याट बिलको छानबिनमा पनि उनको महत्वपूर्ण भूमिका थियो । नक्कली छानबिनबाट बद्नाम भएका प्रभावशाली व्यापारी, उद्योगपतिहरूको दबाबका कारण उनको सरुवा भएको स्रोतले उल्लेख गरेको छ । अर्थबाट सरुवा गरिएका महेशप्रसाद दाहालसमेत अर्थमा काबिल होइन, राम्रै सहसचिव मानिन्थे । अर्थबाट सहसचिवद्वय महेन्द्र थापा र राजेन्द्रप्रसाद नेपाल बाहिरिनुलाई भने धेरै कर्मचारीले स्वभाविक रूपमै लिएका छन् ।
अर्थबाट सचिव बा“स्कोटा र घिमिरेसहितका सहसचिवहरू सरुवा हुनुमा चिनिया“ जहाज खरिद प्रकरण कारण रहेको स्रोतले उल्लेख गरेको छ । पर्यटन मन्त्रालयले आन्तरिक उडानका लागि चीनबाट बिना प्रतिस्पर्धा सोझै छवटा जहाज खरिद गर्न सहमति माग्दा अर्थसचिव बा“स्कोटासहितका अधिकारीले नमानेकाले उनीहरूको सरुवा भएको जानकारी सरकारी उच्च स्रोतले दिएका छन् ।
माओवादी पार्टीको उच्च नेतृत्वको दबाबमा सरकारले चीनबाट जहाज खरिद गर्ने प्रस्ताव अघि बढाएकाले अर्थमन्त्रालयमा त्यसका सहयोगी सचिव र सहसचिवहरू लगेको स्रोतले उल्लेख गरेको छ । बा“स्कोटाको सरुवास“गै अर्थले चिनिया“ जहाज खरिद गर्न सहमति दिएकाले पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । चिनिया“ जहाज अरू अन्तर्राष्ट्रिय कम्पनीका जहाजजस्ता उडानमा भरपर्दो र सुरक्षित मानिंदैनन् ।
अर्थको आकर्षक ठाउ“बाट बाहिरिंएका सहसचिवहरूमध्ये धेरैजसो सरुवा भएकामा खुसी नै रहेको स्रोतले उल्लेख गरेको छ । ‘नबुझेको र अडान लिन नसक्ने सचिवको मातहतबाट उनीहरू आफैं अन्यत्र सरुवा हुन खोजेका थिए । ‘त्यही कारण सरुवाबाट उनीहरू खुसी छन्’ स्रोतले भने ।
सहसचिवहरू जगदीश रेग्मी, सूर्यप्रसाद आचार्य, किशोरजंग थापा, गणेशप्रसाद पाण्डे, भोेलाप्रसाद खकुरेल, दामोदर रेग्मी अर्थमा भित्रिएका छन् । उनीहरू पा“चै जना अर्थतन्त्र बुझेका व्यक्ति होइनन् । पा“च जनामा दामोदर रेग्मी अर्थ नबुझे पनि बौद्धिक र काममा काबिल रहेको स्रोतले उल्लेख गरेको छ, अरू चाहि“ कर्मचारी वृत्तमा मध्यम क्षमताका मानिन्छन् ।





No comments:

Post a Comment