Thursday, November 1, 2012

मन्त्रिपरिषदद्वारा प्रति जग्गा हस्तान्तरणबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं, १६ कात्तिक– सरकारले सरकारी स्वामित्वमा रहेका प्रति, वन तथा अन्य जग्गाको स्वामित्व हस्तान्तरणबारे अध्ययन गर्न शिक्षामन्त्री दिनानाथ शर्माको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
विभिन्न नया“ विश्वविद्यालय, पोलिटेक्निकलगायतका शिक्षण संस्थाहरूलाई आवश्यक प्रति, वन तथा अन्य जग्गा हस्तान्तरण गर्न समस्या उत्पन्न भइरहेकाले के कसरी उपलब्ध गराउन सकिन्छ भनेर अध्ययन गरी सिफारिस गर्न कार्यदल गठन गरिएको जानकारी मन्त्रिपरिषदका एक सदस्यले दिए । कार्यदलका राखिएका सदस्यका बारेमा भने सरकारले जानकारी दिएको छैन ।
मन्त्रिपरिषदको बिहीबार अपराह्न बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको राजधानीमा दिनदहाडै हत्या भएको सम्बन्धमा छानबिन गर्न गठित आयोगले दिएको प्रतिवेदनको सिफारिसका बु“दा कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिए ।
उनका अनुसार मन्त्रिपरिषदले न्याय सेवाको सरकारी वकिल समूहको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) मा रिक्त दुई पदमा श्यामकुमार भट्टराई र रेवतीराज त्रिपाठीलाई बढुवा गरेको छ । सरकारले २८ जिल्ला अस्पतालको दरबन्दी थपलगायतका नया“ संगठनात्मक संरचना स्वीकृत गरेको जानकारीसमेत पुनले दिए ।
मन्त्रिपरिषदले कृषि सामग्री संस्थानको प्रबन्ध सञ्चालक पशुपति गौतमले दिएको राजिनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदले संस्थानका नायव प्रबन्ध सञ्चालक शशिराज तुलाधरलाई कायममुकायम प्रबन्ध सञ्चालकको जिम्मेवारी दिएको छ ।
सरकारले प्रधान सेनापति गौरवसमसेर राणा कात्तिक २० गते विदेशमा भ्रमणमा जाने भएकाले उनको भ्रमण अवधिभरका लागि रथी नेपालभूषण चन्दलाई निमित्त प्रधान सेनापतिको जिम्मेवारी दिएको छ ।













No comments:

Post a Comment