Sunday, November 11, 2012

यातायात विभागको महानिर्देशकमा पौडेल

काठमाडौ, २६ कात्तिक– सरकारले सहसचिव शरदचन्द्र पौडेललाई यातायात विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । सरकारले विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेपछि रिक्त पदको जिम्मेवारी पौडेललाई दिएको हो ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले प्रधानमन्त्री कार्यालयका सहसचिव पौडेललाई भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयमा सरुवा गरेको थियो । भौतिक योजना मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयको सहमति लिई पौडेललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । पौडेल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा समेत यातायात विभागको महानिर्देशक थिए ।

No comments:

Post a Comment