Monday, November 12, 2012

दुई कामु सचिव दाहाल र प्रधान कार्यकारी निर्देशक नियुक्त

काठमाडौं, २७ कात्तिक– सरकारले कृषि मन्त्रालयका पूर्व कायममुकायम क्षेत्रीय प्रशासकद्वय हरि दाहाल र फुल्गेन प्रधानलाई क्रमशः कर्णाली विकास आयोग र सुदूर पश्चिम विकास आयोगको कार्यकारी निर्देशक नियुक्त गरेको छ ।
सरकारले दाहाल र प्रधानलाई पुनः कायममुकायम सचिवमा बढुवा गरी नवगठित आयोगका कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । दुई महिना सुदूर पश्चिम र मध्यपश्चिको कामु क्षेत्रीय प्रशासक रहेका क्रमशः दाहाल र प्रधान एक महिनाअघि भएको सचिव बढुवामा नपरेपछि कृषि मन्त्रालयकै सहसचिवमा फर्किन बाध्य भएका थिए ।
कामु सचिव भइसकेका दाहाल र प्रधानलाई पुनः मन्त्रालयको सहसचिवमा राख्दा दुवै जनालाई घटुवा भएको महसुस हुने भएकाले सरकारले उनीहरूलाई विशिष्ट श्रेणीको कार्यकारी निर्देशक नियुक्त गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले दिए ।
आयोगको कार्यकारी निर्देशकमा कम्तीमा निजामती सेवाको सहसचिव हुने व्यवस्था गरिएको छ । दाहाल र प्रधानलाई भने विशिष्ट श्रेणीको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।
मुलुकमा सबभन्दा पछाडि परेका क्षेत्र कर्णाली र सुदूर पश्चिमको विकास गर्न आयोग गठन गरेको हो । मन्त्रिपरिषदले दुवै आयोगमा पदाधिकारी नियुक्त गर्ने भने बा“की छ ।

No comments:

Post a Comment