Thursday, November 8, 2012

अन्तर्राष्ट्रिय कोषले कृषिमा ३ अर्ब ४० करोड सहयोग गर्ने

काठमाडौं, २४ कात्तिक– कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले नेपाललाई उन्नत बीउबिजन तथा मध्यपश्चिममा पशु नश्ल सुधार कार्यक्रम सञ्चालनका लागि ३ अर्ब ४० करोड रुपैया“ सहयोग गर्ने भएको छ । कोषले ऋण र अनुदान गरी उक्त सहयोग गर्न लागेको हो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उन्नत बीउबिजन तथा पशु नश्ल सुधार कार्यक्रम कार्यान्वयनका लागि कोषले दिन लागेको ऋण र अनुदान स्वीकार गर्ने निर्णय गरी अर्थमन्त्रालयलाई सहयोगसम्बन्धी सम्झौता गर्ने अख्तियार प्रदान गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
पौने २ हजार रूख काट्न अनुमति
मन्त्रिपरिषदले विद्युत प्राधिकरणको हेटौंडा–बर्दघाट विद्युत् प्रसारण लाइन निर्माणका लागि लागि १६ हजार २ सय ५७ रूख तथा बर्दियाको कुसुमघाटमा झोलुंगे पुल निर्माणका लागि १५ वटा रूख काट्न अनुमति दिएको छ । मन्त्रिपरिषदले प्रसारण लाइन र पुल निर्माणका लागि काट्नै पर्ने रूख हटाउने अनुमति दिएको जानकारी यादवले दिए ।
निजामती पुरस्कारमा कर छुट
सरकारले निजामती सेवा पुरस्कारमा लाग्ने कर मिनाहा दिने निर्णय गरेको छ । सरकारले निमाजती सेवामा राम्रो काम गर्ने कर्मचारीहरूलाई हरेक वर्ष एक जनालाई २ लाख, १० जनालाई १÷१ लाख र २० जनालाई ५०÷५० हजार रुपैया“ पुरस्कार प्रदान गर्ने गरेको छ । पुरस्कारमा १५ प्रतिशत कर लाग्थ्यो । गत भदौ २२ मा निजामती सेवा दिवसमा पुरस्कार पाएका कर्मचारीहरूलाई मन्त्रिपरिषदले पछि अनुमोदन गर्ने गरी कर छुट दिई पुरस्कारको पूरै रकम प्रदान गरिएको स्रोतले उल्लेख गरेको छ ।
दुई वर्ष सेवा अवधि थप
सरकारले स्वास्थ्य सेवा जनरल नर्सिङ समूहकी वरिष्ठ सिस्टर नरदेवी बरियाको सेवा अवधि दुई वर्ष थप्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment