Wednesday, November 21, 2012

तीन विभागमा महानिर्देशक फेरिए

खानेपानीमा पौडेल, श्रममा भण्डारी र विद्युत विकासमा उपाध्याय
काठमाडौं, ६ मंसिर– सरकारले विभिन्न मन्त्रालयमातहतका तीनवटा विभागका महानिर्देशक परिवर्तन गरेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता ईश्वरी पौडेललाई खानेपानी विभागको महानिर्देशकमा सरुवा गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले अख्तियारबाट खानेपानी विभागमा गरिएको पौडेलको सरुवामा सहमति दिएपछि उनले विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । पौडेल खानेपानी समूहका इन्जिनियर हुन् । खानेपानी विभागका महानिर्देशक सुमन शर्मा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो ।
सरकारले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक केवल भण्डारीलाई श्रम विभागको महानिर्देशकको समेत जिम्मेवारी दिएको जानकारी श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारीले दिए । श्रम विभागका महानिर्देशक मानबहादुर विक गृह मन्त्रालयमा सरुवा भएपछि उक्त पद रिक्त थियो ।
सरकारले विद्युत् विकास विभागका महानिर्देशक डीबी सिंहलाई जल तथा शक्ति आयोगमा सरुवा गरेको छ । ऊर्जा मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख अनुपकुमार उपाध्यायलाई विद्युत् विकासको महानिर्देशकमा सरुवा गरिएको छ । जल तथा शक्ति आयोगका सहसचिव श्रीरञ्जन लाकौललाई ऊर्जा मन्त्रालयको कार्यक्रम महाशाखा प्रमुखमा सरुवा गरिएको छ ।
श्रम मन्त्रालयमा नया“ महाशाखा
सरकारले श्रम तथा रोजगार व्यवस्था मन्त्रालयमा ‘श्रम सम्बन्ध’ नामक नया“ महाशाखा स्थापना गरेको छ । मुलुकभित्रको आन्तरिक श्रम र रोजगार अभिवृद्धि, समस्याको समाधान तथा सरोकारवालास“ग समन्वय गर्ने दायित्व नया“ महाशाखालाई दिइएको जानकारी श्रम मन्त्रालयका अधिकारीले दिए ।
मन्त्रालयको रोजगार महाशाखाले नै आन्तरिक तथा बाह्य श्रम र रोजगारको मामिला हेर्दा आन्तरिक श्रमको समस्या छायामा परेकाले नया“ महाशाखा स्थापना गरिएको जानकारी ती अधिकारीले दिए । श्रम मन्त्रालयले शान्ति मन्त्रालयबाट सरुवा भएर आएका सहसचिव पुरुषोत्तम पौडेललाई नया“ महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।



No comments:

Post a Comment