Thursday, November 29, 2012

जबरा, पाण्डे, शाह, सिंह र रेग्मी एआईजीमा बढुवा

काठमाडौं, १४ मंसिर– सरकारले नेपाल प्रहरीका पा“च वरिष्ठ नायव प्रहरी महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले डीआईजीहरू दिनकरसमसेर जबरा,  गंगाप्रसाद पाण्डे, रमेशविक्रम शाह, विनोद सिंह र पुष्करनाथ रेग्मीलाई एआईजीमा बढुवा गरेको जानकारी शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझीले दिए ।
यी पा“च एआईजी प्रहरी महानिरीक्षक कुवेरसिंह रानास“गै एकैचोटि २०४१ सालको ब्याचमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका थिए । उनीहरू रानास“गै डीआईजीमा बढुवा भएका थिए । एआईजी पद रिक्त भएको झन्डै तीन महिनापछि उनीहरूको बढुवा भएको हो । गृह मन्त्रालयले लोकसेवा आयोगस“ग सहमति लिई एआईजीको बढुवासम्बन्धी मापदण्ड बनाई उनीहरूको पदोन्नति गर्दा ढिलाइ भएको जानकारी गृहका अधिकारीले दिएका छन् ।
राष्ट्रिय अनुसन्धानको डीआईजीमा दुईको बढुवा
मन्त्री रायमाझीका अनुसार मन्त्रिपरिषदले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान अधिकृतद्वय राजेन्द्रकुमार खत्री र पुष्करप्रसाद चापागाईंलाई अनुसन्धान अधिकृत (डीआईजी) मा बढुवा गरी क्रमशः पश्चिमाञ्चल र पूर्वाञ्चल क्षेत्रीय प्रमुखमा पदस्थापन गरेको छ ।
तीन निकायमा प्रमुख नियुक्त
मन्त्रिपरिषद बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा अनिलकुमार झालाई नियुक्त गरेको छ । कृषि तथा ग्रामीण सडक विभाग (डोलिडार) का प्राविधिक उपसचिवबाट सेवा निवृत्त झा उदयपुर सिमेन्ट कारखाना लिमिटेडका महाप्रबन्धक भइसकेका व्यक्ति हुन् । संस्थान निर्देशन बोर्डले खुला प्रतिस्पर्धाबाट प्रबन्ध सञ्चालक नियुक्त गर्न झासहित तीन जनाको नाम मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषदले सिफारिस भएकामध्ये झालाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो ।
सरकारले बाल कल्याण समितिको कार्यकारी निर्देशकमा मदनकुमार क“डेललाई नियुक्त गरेको छ । सरकारले वायु सेवा निगमको महाप्रबन्धकमा मदन खरेललाई नियुक्त गरेको छ । खरेल निगमकै व्यापार विभागका प्रमुख थिए । सरकारले संस्थान निर्देशन बोर्डले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्न खरेलसहित तीन जनाको नाम  सिफारिस गरेको थियो । सरकारले सिफारिस भएकामध्ये खरेललाई महाप्रबन्धक नियुक्त गरेको हो ।
लागू औषध नियन्त्रण कार्यान्वयन इकाइको नाम परिवर्तन
मन्त्रिपरिषदले नेपाल प्रहरीको लागू औषध नियन्त्रण कार्यान्वयन इकाइको नाम परिवर्तन गरी लागू औषध नियन्त्रण ब्युरो राखेको छ । सरकारले ललितपुरको एक परम्परागत नाच कार्यक्रम प्रदर्शनका लागि २ लाख रुपैया“ दिने निर्णय गरेको छ ।
महानिरीक्षक वन्त भारत जाने
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको नेतृत्वमा सुरक्षासम्बन्धी विविध विषयमा वार्ता गर्न एक टोली भारत भ्रमणमा जाने भएको छ । मन्त्रिपरिषदले वन्तको नेतृत्वमा वार्ता गर्न भारत पठाउने निर्णय गरेको हो ।

No comments:

Post a Comment