Thursday, November 8, 2012

दुर्गमलाई ठेंगा, सिंहदरबारभित्रका मन्त्री र कर्मचारीलाई स्वास्थ्य सेवा

काठमाडौं, २४ कात्तिक– उपचार नपाएर अत्यधिक रक्तस्रावले रुकमको दुर्गम गाविस राङ्सी–४ की २६ वर्षीया सुत्केरी देउरूपा कामीको मृत्यु भएकै दिन सरकारले नजिकै सुविधासम्पन्न दर्जनौं अस्पताल भएको राजधानी, त्यो पनि सिंहदरबारभित्र कार्यरत मन्त्री तथा कर्मचारीहरूलाई कार्यस्थलमै शुक्रबारदेखि स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने निर्णय गरेको छ । यो निर्णय उपचार नपाएर दुर्गम जिल्लामा दिनहु“ हुने गरेका अकाल मृत्युका घटनाप्रति सरकार कत्ति पनि संवेदनशील नरहेको ज्वलन्त उदाहरण भएको सरकारी अधिकारी नै बताउ“छन् ।
दुर्गम जिल्लामा उपचार त परेको कुरा, झाडापखाला लागेका बेला जीवनजलसमेत नपाएर मानिसको अकालमै मृत्यु हुने गरेको समाचार दिनहु“ आइरहन्छन् । बुधबारमात्र रुकुमकी देउरूपाको उपचार नपाएर दुःखद मृत्यु भयो । नजिक स्वास्थ्य चौकी नभएका कारण २४ घन्टासम्म रक्तस्राव हु“दा पनि उपचार नपाएका कारण उनको रुकुमकोटस्थित स्वास्थ्य चौकीमा ला“दै गर्दा मृत्यु भएको हो । रुकुम जिल्ला अस्पालका डा. युधिष्ठिर खड्काका अनुसार रुकुममा मात्र उपचार नपाएर वर्षेनि ५ दर्जनबढीको मृत्यु हुने गरेको छ । एक सरकारी उच्च अधिकारीका अनुसार सरकारको केन्द्रीय सचिवालय सिंहदबारभित्र स्वास्थ्य सेवा दिने निर्णय रुकुमलगायतका दुर्गम जिल्लाको हृदयविदारक घटनाले राजधानीमा बस्ने प्रधानमन्त्री, मन्त्री र सचिवलगायतका नीतिनिर्माता र निर्णायकहरूलाई छु“दै नछोएको ज्वलन्त प्रमाणसमेत हो ।
सरकारले सिंहदरबारभित्र कार्यरत मन्त्री र कर्मचारीहरूलाई साताको दुई दिन स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता जगदीश रेग्मीले जानकारी दिए । उनका अनुसार मुख्यसचिव लीलामणि पौडेलले शुक्रबार बिहान १०ः३० बजे सिंहदरबारभित्र स्वास्थ्य उपचार सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ ।
साताको दुई दिन कार्यालय समय बिहान १० देखि ५ बजेसम्म मन्त्री र कर्मचारीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गरिनेछ । मुख्यसचिव पौडेलस्तरीय निर्णयबाट सरकारले सिंहदरबारमा साताको दुई दिन स्वास्थ्य उपचार सेवा प्रदान गर्न लागिएको हो । साताको कुन कुन दिन स्वास्थ्य सेवा दिने निर्णय हुन भने बा“की छ । सिंहदबारभित्र मन्त्री र कर्मचारी गरी १० हजारको हाराहारीमा कार्यरत छन् ।
प्रधानमन्त्री कार्यालय र निजामती अस्पतालका अधिकारीबीच परामर्श गरी सिंहदरबारभित्र साताको कुन कुन दिन स्वास्थ्य उपचार सेवा दिने एक÷दुई दिनमै निर्णय हुने जानकारी स्रोतले दिए । रेग्मीका अनुसार सिंहदबारको मुख्य भवनस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पहिलो तल्लामा स्थायी रूपमा निजामती सेवा अस्पतालका चिकित्सक, नर्स, उपचार उपकरण र औषधिसहितको ‘क्लिनिक’ राखिनेछ ।
‘सिंहदरबारमा कार्यरत मन्त्री र कर्मचारीले स्वास्थ्य समस्या आएमा १० मिनेटभित्र राजधानीका कुनै पनि सुविधासम्पन्न अस्पतालमा उपचारका लागि जान सक्छन्, तिनैलाई साताको दुई दिन कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय टाउको दुखेको औषधि नाइटोमा दल्नुजस्तै अनावश्यकमात्र होइन हास्यास्पद निर्णय हो’ सरकारकै एक उच्च पदाधिकारीले भने ।
निजामती सेवा अस्पतालका चिकित्सकहरूले सिंहदरबारभित्र कार्यस्थलमा स्वास्थ्य समस्या आउने र नियमित स्वास्थ्य परिक्षण गर्न चाहने मन्त्री र कर्मचारीहरूको निःशुल्क रूपमा सेवा उपलब्ध गराउने र औषधि प्रदान गर्नेछन् । चिकित्सकहरूले स्वास्थ्य परिक्षणबाट सार्वजनिक पदधारी मन्त्री र कर्मचारीलाई ठूलो रोग लागेको पाइएमा सम्बन्धित विशेषज्ञ अस्पतालमा उपचारका लागि जान सिफारिस गर्ने र सल्लाह दिने जानकारी प्रधानमन्त्री कार्यालयका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयस्थित क्लिनिकका चिकित्सकहरूले कार्यबोझका कारण ‘स्ट्रेस’ मा पर्ने र डिप्रेसनको समस्या हुने मन्त्री र कर्मचारीहरूलाई मनोवैज्ञानिक काउन्सिलिङको सुविधासमेत प्रदान गर्नेछन् । सिंहदरबारमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दा लाग्ने खर्च सरकारले बेहोर्नेछ ।

No comments:

Post a Comment