Friday, November 23, 2012

एडीबी र सरकारबीचको एड्भान्स विवाद समाप्त

मेलम्चीको ठेकेदारलाई २० प्रतिशत रकम एड्भान्स दिने सहमति
एप्रिलमा सुरुङ निर्माण सुरु हुने
आगामी ३६ महिनामा सुरुङ निर्माण गरी राजधानीमा पानी ल्याइसक्ने कार्यतालिका निर्धारण

काठमाडौं, ८ मंसिर– सरकार र एसियाली विकास बैंकबीच तीन साताभन्दा बढी लामो विवादपछि मेलम्ची खानेपानी आयोजनाको प्रमुख संरचना राजधानीसम्म पानी ल्याउने सा“ढे २७ किलोमिटरमध्ये २१ किमी सुरुङ खन्न छनौट हुने ठेकेदारलाई दिने एड्भान्स रकममा सहमति भएको छ ।
आयोजनाको प्रमुख दाता एडीबी एड्भान्स रकम ३० प्रतिशतसम्म दिनुपर्ने र सरकार १५ प्रतिशतभन्दा बढी दिन नसकिने अडानमा रहेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो । सरकार एडीबीको दबाबमा एड्भान्स रकम ५ प्रतिशत बढाई २० प्रतिशत पु¥याउन सहमत भएपछि दुवैबीच समझदारी भई निर्माण थाल्न ठेक्का आह्वान गर्ने बाटो खुलेको जनाकारी मेलम्ची खानेपानी आयोजनाका अधिकारीले दिए ।
सरकार र एडीबीबीच छलफल गरी सहमतिमा आयोजना छिटो सम्पन्न गर्न ठेकेदारलाई सहुलियत दिन एड्भान्स रकम वृद्धि गरिएको जानकारी आयोजना प्रमुख कृष्ण आचार्यले दिए । ‘एडीबीसित मतभेद अन्त्य भई अन्ततः दुवैको सहमतिमा ठेकेदारलाई कुल ठेक्का रकमको २० प्रतिशत एड्भान्स दिने समझदारी भएको छ’ आचार्यले कान्तिपुरसित भने ।
सरकारको पछिल्लो अडानअनुसार एडीबीको केन्द्रीय कार्यालयले ठेकेदारलाई पा“च प्रतिशत वृद्धि गरी कुल ठेक्का रकमको २० प्रतिशत एड्भान्स दिन शुक्रबार सहमति दिएको जानकारी आचार्यले बताए । आचार्यका अनुसार ठेक्का तोडिएपछि अनिश्चित बनेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सन् २०१५ को सेप्टेम्बरभित्रै सम्पन्न गर्न ठेकेदारलाई एड्भान्स रकम वृद्धि गरिएको हो । यसअघि सरकारले मेलम्चीको ठेक्कामा १५ प्रतिशत रकम एड्भान्स दिएको थियो ।
ठेकेदारले आवश्यक निर्माण सामग्री, उपकरण र दक्ष प्राविधिक जनशक्ति छिटो परिचालन गरी काम तत्काल सुरु गरी निर्धारित समय ३६ महिनाभित्रमा सुरुङ निर्माण कार्य सम्पन्न गरी मेलम्चीबाट राजधानीमा खानेपानी ल्याइसक्न एड्भान्स रकम बढाइएको जानकारी मेलम्ची खानेपानी विकास समितिका अधिकारीले दिए । ठेकेदारले एड्भान्सबापतको रकम बराबर बैंक ग्यारेन्टी राखेपछिमात्र उसलाई २० प्रतिशत एड्भान्स दिइने जानकारी ती अधिकारीले दिए ।
सरकारले मेलम्ची आयोजनाको सुरुङ निर्माणको बिड डकुमेन्ट स्वीकृतिका लागि एडीबीको केन्द्रीय कार्यालय, फिलिपिन्सको मनिलामा पठाएको छ । एडीबीले आइतबारसम्म बिड डकुमेन्ट स्वीकृत गर्ने र आगामी सोमबार या ंमगलबार सुरुङ निर्माणको ठेक्का आह्वान गर्ने जानकारी आचार्यले दिए । उनका अनुसार टेन्डर हाल्ने अवधि जनवरी २१ सम्मलाई दिइनेछ । मार्चमा ठेकेदार छनौट गरी आगामी अप्रिल मसान्तसम्ममा सुरुङ निर्माण कार्य सुरु गरिने आचार्यले बताए ।
सरकारले मेलम्ची आयोजनाको निर्माण कार्य सन् २०१५ को सेप्टेम्बरभित्रै सम्पन्न गर्न ठेकेदारलाई एड्भान्स रकममा वृद्धि गर्नुका साथै बोनससमेत दिने भएको छ । चिनिया“ ठेकेदारसितको ठेक्का तोडिएपछि अनिश्चित बनेको आयोजनाको मुख्य संरचना मेलम्चीबाट राजधानीसम्म पानी ल्याउने सुरुङ निर्माण कार्य निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै सम्पन्न गर्न ठेकेदारलाई बोनस दिइने जानकारी आयोजना प्रमुख आचार्यले दिए ।
मेलम्चीबाट काठमाडौंसम्म पानी ल्याउने साढे २७ किलोमिटरमध्ये २१ किमी सुरुङ खन्न बा“की छ । सन् २०१३ मा सम्पन्न गर्ने गरी सन् २००९ मा  ठेक्का लिएको चिनिया“ ठेकेदारले चार वर्षमा जम्मा साढे ६ किमीमात्र सुरुङ निर्माण गरेपछि सरकारले उससितको ठेक्का तीन महिनाअघि तोडी नया“ ठेक्का प्रक्रिया सुरु गरेको हो ।
मेलम्ची खानेपानी विकास समितिले सन् २०१६ को मार्चमा सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।  सुरुङ निर्माण कार्य ३६ महिनाभन्दा पहिल्यै सम्पन्न गर्न ठेकेदारलाई बोनस दिन लागिएको हो । निर्धारित मिति जति छिटो सम्पन्न गर्छ, ठेकेदारले उत्ति नै बढी बोनस पाउनेछ ।
समितिले आयोजनाको निर्माण कार्य द्रुत गतिमा गरी निर्धारित मितिभन्दा कम्तीमा छ महिनापहिले सन् २०१५ को सेप्टेम्बरभित्रै सम्पन्न गर्न ठेकेदारलाई कुल ठेक्का रकमको १० प्रतिशतसम्म बोनस दिइनेछ ।
‘ठेकेदारले निर्धारित मितिभन्दा जति दिन पहिले काम सम्पन्न गर्छ, एक दिनको कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले ठेकेदारलाई बोनस दिइनेछ । बढीमा ठेक्का रकमको १० प्रतिशतसम्म बोनस दिइनेछ’ आयोजना प्रमुख आचार्यले भने– ‘बोनस पाइने हुनाले ठेकेदारलाई आयोजनाको काम छिटो सम्पन्न गर्न प्रोत्साहित गर्नेछ भने मेलम्चीबो पानी काकाकुल राजधानीमा छिटो आइपुग्नेछ ।’ मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ ।
चिनिया“ ठेकेदारले यसअघि सन् २००९ मा उक्त सुरुङ निर्माण गर्न ३ अर्ब ८० करोड रुपैया“ (भ्याटबाहेक) मा ठेक्का लिएको थियो । यसपटक निर्माण सामग्रीको मूल्य बढेको, नेपाली मुद्राको अवमूल्यन भएको र तीन वर्षभन्दा बढी ढिला भएका कारण सुरुङ निर्माणको लागत ५० प्रतिशतसम्म बढ्ने सम्भावना छ, ठेकेदारले छिटो काम सम्पन्न गरेमा कुल ठेक्का रकमको १० प्रतिशत बोनस पाउनेछ ।
आचार्यका अनुसार विद्यमान नेपाली कानुनअनुसार काम छिटो सम्पन्न गर्ने ठेकेदारलाई बोनस दिन मिल्छ भने बोनस दिने अन्तर्राष्ट्रिय परम्परा पनि छ, नेपालमा भने ठेकेदारलाई छिटो काम सम्पन्न गरेकामा बोनस दिइएको उदाहरण छैन । आयोजना छिटो सम्पन्न गर्न यसपटक मेलम्चीमा ठेकेदारलाई बोनस दिने नीति अख्तियार गर्न लागिएको हो ।
समितिले आयोजनाको काम छिटो सम्पन्न गर्न बिड डकुमेन्ट (ठेक्कासम्बन्धी कागजात) मा नै कुल ठेक्का रकमको १० प्रतिशतसम्म बोनस दिने नीति उल्लेख गरी ठेकेदारहरूलाई आकर्षित गरेको छ । आयोजनाको काम ढिलो सम्पन्न गर्ने ठेकेदारलाई दिनको ०.०५ प्रतिशतका दरले कुल ठेक्का रकमको १० प्रतिशतसम्म जरिवाना गर्ने र निर्धारित समयभन्दा पहिले सम्पन्न गर्ने ठेकेदारलाई त्यही दरमा बोनस दिन मिल्ने कानुनी व्यवस्था छ ।

No comments:

Post a Comment