Monday, December 31, 2012

विवादास्पद महानिर्देशक झाको किर्तेमा पनि कीर्तिमान

काठमाडौं, १६ पुस– निजामती प्रशासनको उच्च पदमा पुगे पनि मानिसले आफ्नो न्यूनतम मर्यादा र नैतिकतासमेत बिर्सेपछि किर्ते कामसमेत गर्न पछि पर्दा रहेनछन् भन्ने उदाहरण बनेका छन्– नापी विभागका विवादास्पद महानिर्देशक नागेन्द्र झा । उनले जागिरको अवधि बढाउन पदीय दुरुपयोग गरी झूटो विवरण दिई जन्ममिति सच्याएर किर्ते काम गरेको प्रमाण फेला परेको छ । कानुनको जति खिल्ली उडाए पनि कारबाहीमा नपर्ने, तर उल्टै पुरस्कृत हु“दै जाने कर्मचारीमा झाको नाम अग्रपंक्तिमा आउने सरकारी अधिकारी नै बताउ“छन् ।
राजपत्र अनंकित प्रथम श्रेणीको सर्वेक्षक पदमा २०४४ सालमा स्थायी नियुक्ति पाएपछि झा आफैंले हस्ताक्षर गरी निजामती किताबखानामा बुझाएको सिटरोल र नागरिकता प्रमाणपत्रक प्रतिलिपिमा जन्ममिति वि.सं २०१५ साल पुस २६ (सन् १९५९ जनवरी १०) उल्लेख छ । उनको कर्मचारी संकेत नं. ११२२६९ र नागरिकता नं. ०६३६००६८, जिल्ला सर्लाही हो ।
मधेस आन्दोलनपछि झाले आफ्नो पुरानो नागरिकता छ“दाछ“दै उमेर सच्याई पदको दुरुपयोग गरी सर्लाहीबाट उमेर सच्याएर दोस्रोपटक नागरिकताको प्रमाणपत्र लिएका छन् । पछिल्लो नागरिकता प्रमाणपत्रमा उनले आफ्नो उमेर ठ्याक्कै दुई वर्ष घटाएर जन्ममिति २०१७ साल पुस २६ (सन् १९६१ जनवरी १०) कायम गराएका छन् । मधेस आन्दोलनका क्रममा सर्लाही जिल्लामा नागरिकताका सबै लगत जलेका थिए, सोही मौकाको फाइदा उठाई झा आफू पर्सँको प्रमुख जिल्ला अधिकारी हु“दा झूटो विवरण भरी उमेर सच्याएर दोस्रोपटक सर्लाहीबाट नागरिकता लिएका हुन् ।
झूटो विवरण दिई उमेर सच्याएर नागरिकता लिनु कानुनको गम्भीर उल्लंघन भएको सरकारी अधिकारी बताउ“छन् । अझ आफैं प्रजिअ भएको बेला आफ्ना समकक्षी प्रजिअलाई प्रभावमा पारी किर्ते गरी नागरिकता प्रमाणपत्र लिनु झन् ठूलो अपराध भएको ती अधिकारी बताउ“छन् । झाले उमेर सच्याएको नागरिकता प्रमाणपत्रका आधारमा सन् २०१२ को अगस्ट ६ मा मेसिन रिडेबल पासपोर्टसमेत लिइसकेका छन् । झाको ००५८७२२ नं. को एमआरपी पासपोर्टमा जन्ममिति २०१७ साल पुस २६ (सन् १९६१ जनवरी १०) उल्लेख छ । परराष्ट्र मन्त्रालयले नया“ पासपोर्ट दिंदा पुरानो पासपोर्टको जन्ममिति नहेर्नुसमेत आफैंमा शंकास्पद र रहस्यमय रहेको स्रोतले उल्लेख गरेको छ ।
उनले आफ्नो जहा“जहा“ व्यक्तिगत फाइल छन्, त्यहा“बाट पैसा, प्रभाव र पहु“चको बलमा आफ्नो पुरानो नागरिकताको प्रतिलिपि गायब पारिसकेको र यदि ती स्थानबाट नागरिकताको खोजी गरिएमा नया“ नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउने कुरा निर्धक्कसाथ आफू निकटस्थलाई बताउने गरेको स्रोतले उल्लेख गरेको छ । नया“ उमेरअनुसार झा ५८ वर्ष पूरा गरी २०७५ सालमा अनिवार्य अवकास पाउ“दैछन्, जबकि उनी वास्तविक उमेरबाट २०७३ सालमा अवकास पाउ“थे । उनले सहसचिव भएको पा“च वर्षमा बढुवा भई पा“च वर्ष नै सचिव हुन उनले उमेर सच्याएको सरकारी अधिकारी बताउ“छन् ।
नागरिता  ऐनअनुसार कुनै पनि व्यक्तिले झूटो विवरण दिई दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएमा किर्ते गरेको अभियोगमा एकदेखि पा“च वर्षसम्म कैद र एक लाख रुपैया“सम्म जरिवाना हुने र नागरिकता स्वतः रद्द हुने व्यवस्था छ । नागरिकता ऐनको दण्ड सजाय दफाको उपदफा ३ मा ‘कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पा“च वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैया“सम्म जरिवाना वा दुवै सजाय हुने’ उल्लेख छ । निजामती कर्मचारीले किर्ते गरी नागरिकता लिएको प्रमाणित भएमा सेवाबाटै अवकास पाउने जानकारी सरकारी अधिकारीले दिए ।
झा निजामती प्रशासनमा गम्भीर आर्थिक विवादमा परेका सहसचिव हुन् । उनले पर्सामा प्रजिअ हु“दा भन्सार छलीको गाडीमा सयर गर्ने गरेका थिए । त्यही क्रममा पर्साबासीले भन्सार छलीको गाडीसहित उनलाई नियन्त्रणमा लिएको सार्वजनिक भएको थियो । उनी पर्साकै प्रजिअ हु“दा ३० महिनाअघि विश्व हिन्दू युवा संघ पर्साका अध्यक्ष काशी तिवारीको हत्या भएको थियो । उनले प्रजिअको हैसियतले तिवारीको हत्यामा संलग्न आरोपीलाई पक्रन चासो दिएनन् । बरु उल्टै उनले उल्टै भूमिसुधार मन्त्रालयको सहसचिव हु“दा तिवारीको हत्यामा संलग्न भएको अभियोग लागेका तत्कालीन आफ्ना तालुकवाला भूमिसुधारमन्त्री प्रभु साहलाई बचाउन तिवारीकी पत्नी बबितादेवीलाई ८ लाख रुपैया“ घूस दिएका थिए । बबितादेवीले झाले आफूलाई आफ्ना पतिको हत्यामा साहलाई नपोल्न ८ लाख रुपैया“ घूस दिएको नोटको बिटासहित पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी थिइन् । तिवारीको हत्याको अभियोगमा पक्राउ परेका अभियुक्तहरूले साहको योजनाअनुसार हत्या गरेको साबिती बयान प्रहरीलाई दिएपछि झाले बबितादेवीलाई राजधानी बोलाएर घूस दिएका हुन् ।
घूस दिएको अभियोगमा सरकार या अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कानुनबमोजिम कारबाही हुनुपर्ने झा उल्टै पुरस्कृत हु“दै आएका छन् । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गर्ने आफ्नो घोषणाविपरीत गएर प्रधानमन्त्री बाबुराम भट्टराईकै दबाबमा तत्कालीन भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले गत भदौमा झालाई मन्त्रालयको सहसचिवबाट नापी विभागको महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेका थिए । जोशीले सार्वजनिक रूपमै आफूले प्रधानमन्त्रीको दबाबमा झालाई महानिर्देशक बनाउने निर्णय गरेको बताएका थिए । प्रधानमन्त्रीले सामान्य प्रशासनमन्त्रीको हैसियतले झालाई महानिर्देशक बनाउने निर्णयमा सहमति दिएका थिए, जबकि तत्कालीन भूमिसुधारमन्त्री भीमप्रसाद गौतमको पालामा झालाई महानिर्देशक बनाउने निर्णय हु“दा तत्कालीन सामान्य प्रशासनमन्त्री एवं माओवादी नेता रामकुमार यादवले सहमति नदिई रोकेका थिए । यादवले विवादास्पद झालाई महानिर्देशक बनाउन हु“दैन भन्दै सहमति दिएका थिएनन् । तर, प्रधानमन्त्री भट्टराईले माओवादी पार्टीमा आफू समर्थक नेता साहलाई हत्याको अभियोगबाट बचाउन घूस दिएका झालाई महानिर्देशक बनाएर पुरस्कृत गरेका हुन् ।

No comments:

Post a Comment