Wednesday, December 5, 2012

प्राधिकरणको सञ्चालक समिति सदस्यमा नेपाली

काठमाडौं, २0 मंसिर– ऊर्जा मन्त्रालयले चिलिमे जलविद्युत् आयोजनाका पूर्वकार्यकारी निर्देशक डम्बरबहादुर नेपालीलाई विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्य नियुक्त गरेको छ ।
ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार मन्त्रीस्तरीय निर्णय गरी नेपालीलाई सदस्य नियुक्त गरेको जानकारी स्रोतले दिएको छ । उनी प्राधिकरणका सेवा निवृत्त उच्च अधिकारीसमेत हुन् ।
माथिल्लो त्रिशुली ३ एको वर्षायाममा मात्र ३० मेगावाट क्षमता बढ्ने गरी आयोजनाको निर्माण गर्ने तयारीमा रहेको ऊर्जा मन्त्रालयले त्यसको विपक्षमा रहेका सञ्चालक समितिका सदस्य कृष्ण दुलाललाई हटाएकै दिन उनको सट्टा नेपालीलाई नियुक्त गरेको हो ।
यसैबीच निर्माण सुरु भएको दुई वर्ष भइसकेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए को वर्षायाममा मात्र ९० मेगावाट विद्युत् उत्पादन हुने गरी क्षमता बढाउने प्रस्तावमाथि छलफल गर्न प्राधिकरण सञ्चालक समितिको बैठक छिट्टै बस्दैछ ।
नवनियुक्त सदस्य नेपालीले माथिल्लो त्रिशुली ३ ए को क्षमता बढाउने÷नबढाउनेबारेमा अध्ययन गरी प्राधिकरण र मुलुकको हित हेरेर आफूले बैठकमा धारणा राख्ने बताए ।




No comments:

Post a Comment