Monday, December 31, 2012

कांग्रेस चुनाव गराउन चाह“दैन भन्नु प्रधानमन्त्रीको राजनीतिक बेइमानी : कांग्रेस

काठमाडौं, १६ पुस– कांग्रेसले प्रधानमन्त्री एवं माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले कांग्रेसले चुनाव नगराउने भएकाले नया“ सरकारमा उसलाई नेतृत्व दिन सकिंदैन भनी दिएको अभिव्यक्ति राजनीतिक बेइमानीमात्र भएको टिप्पणी गरेको छ ।
कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीको नेतृत्वमा मुलुकमा २०६५ मा सफलतापूर्वक संविधानसभा चुनाव भएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो सत्ता लम्ब्याइराख्नमात्र कांग्रेसले चुनाव गराउन चाह“दैन भन्ने आरोप लगाएको बताए ।
उनले २०१५, २०४८, २०५१, २०५६ का संसदीय निर्वाचन र २०६५ को संविधानसभा चुनाव आफ्नो पार्टीको नेतृत्वको सरकारले गराएको उल्लेख गर्दै कांग्रेसलाई चुनावै गराउन चाह“दैन भनेर आरोप लगाउनु हास्यास्पद भएको टिप्पणीसमेत गरे ।
बडुले कांग्रेसको नेतृत्वमा सरकार बने मुलुकमा पुनः संविधानसभाको चुनाव निष्पक्ष र धा“धलीरहित तबरमा हुन सक्छ भन्ने विश्वास आमजनता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय सबैमा रहेको उल्लेख गर्दै सके आफ्नो सत्ता लम्ब्याउने, नसके शक्ति र सत्ताको दुरुपयोग गरी चुनाव गराएर सत्ता कब्जा गर्ने नियतले प्रधानमन्त्रीले बारम्बार कांग्रेसमाथि लान्छना लगाइरहेको दाबी गरे ।
‘मुलुकमा सबै लोकतान्त्रिक चुनाव कांग्रेसको नेतृत्वमा निष्पक्ष ढंगले सम्पन्न भएको इतिहास साक्षी छ, कांग्रेसले आफ्नो पार्टी सभापति एवं प्रधानमन्त्री, गृहमन्त्री हारेर भए पनि मुलुकमा निष्पक्ष चुनाव गराएको छ, माओवादीले रोक्न खोज्दा पनि कांग्रेसले आफू हार्ने स्पष्ट अवस्था हु“दाहु“दै पनि संविधानसभा चुनाव गराएको इतिहास छ । कांग्रेस नेतृत्वमा सरकार बन्यो भने चुनाव हुन्छ र पार्टी विभाजन भएकाले हारिन्छ भन्ने डरले चुनाव टार्न प्रधानमन्त्री र माओवादीले कांग्रेसमाथि अनर्गल आरोप लगाएर सत्ता लम्ब्याउने षड्यन्त्र गरिरहेका हुन्’ बडुले भने– ‘कांग्रेसलाई नेतृत्व नदिएर चुनाव नगराउन प्रधानमन्त्री र माओवादीले नया“ नया“ बहानाबाजी र प्रस्ताव गर्ने गरेका छन् । यो माओवादीको चुनाव नगराउने षड्यन्त्र बाहेक केही होइन ।’
माओवादीले कांग्रेसलाई नेतृत्व दिनभन्दा पनि पार्टीमा झगडा गराउन सकिन्छ भनेर प्रधानमन्त्रीको उम्मेदवार मागेको उल्लेख गर्दै बडुले पार्टीले सर्वसम्मतिले प्रधानमन्त्रीको उम्मेदवार अघि सारेपछि प्रधानमन्त्री र माओवादीले अनेक बहानीबाजी गरी कामचलाउ सत्ता लम्ब्याउने षड्यन्त्र गरिरहेको बताए ।
‘प्रधानमन्त्री भट्टराईले मंसिरमा घोषणा गरेको संविधानसभा चुनाव गराउन असफल भए । वैसाखमा समेत चुनाव नगराउने षड्यन्त्रमा प्रधानमन्त्री आफैं लागेका छन् । आफू चुनावै गराउन नसक्ने र नचाहने, तर उल्टै कांग्रेस चुनाव गराउन चाह“दैन भन्नु भट्टराईको राजनीतिक बेइमानीमात्र हो’ बडुले भने ।
कांग्रेसको प्रस्तावमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय भएको, संविधानसभाबाट गणतन्त्र घोषणा भएको उल्लेख गर्दै बडुले यो यथार्थलाई बिर्सेर प्रधानमन्त्रीले आफ्नो पार्टीलाई यथास्थितिवादी भनेर आरोप लगाउनुसमेत हास्यास्पद भएको बताए ।
उनले कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा सरकारले मधेसी, आदिबासी जनजाति, दलित, महिलालाई विशेषाधिकार, आरक्षण, पहिचानलाई सुनिश्चितता दिएको उल्लेख गर्दै आफ्नो कुर्चीलाई बचाइराख्नमात्र प्रधानमन्त्रीले कांग्रेसलाई यथास्थितिवादी भनेर आरोप लगाउने दुचेष्टा गरेकोसमेत दाबी गरे । कांग्रेसले नीतिगत रूपमा निर्णय गरी मुलुकमा भएका सबै धर्मावलम्बी, जातजातिलाई पहिचान दिई संघीयतामा जाने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै एउटा जातिलाई मात्र पहिचान दिने गरी संघीयतामा जान हु“दैन भनेर कांग्रेसले लिएको अडानलाई संघीयताविरोधी र यथास्थितिवादी भन्नु प्रधानमन्त्रीको संकीर्ण सोचबाहेक केही नभएको बताए ।
कांग्रेसले आगामी पुस २५ सम्म प्याकेजमा सहमति भएमा वैसाखको अन्तिम साता या जेठको पहिलो सातासम्ममा संविधानसभा चुनाव गराउन सकिने र त्यसको नेतृत्व गर्न कांग्रेस तयार रहेको बडुले बताए । उनका अनुसार जेठको पहिलो सातासम्म चुनाव गर्नका लागि सबै संवैधानिक तथा कानुन अड्चन हटाउने, संविधानसभा सदस्यको संख्या घटाउने, सहमतिको सरकार गठन गर्नेलगायतका सवालमा प्याकेजमा सहमति हुनुपर्ने कांग्रेसको अडान छ ।



No comments:

Post a Comment