Monday, December 31, 2012

गाउ“ समितिका सभापति खत्रीको अपहरणपछि हत्या : कांग्रेस

काठमाडौं, १६ पुस– नेपाली कांग्रेसले पुस १३ मा अज्ञात समूहबाट अपहरित आफ्नो पार्टीका रुकुम जिल्ला डुली गाउँ कार्यसमितिका सभापति कविराम खत्रीको हत्या भएको र उनको शव सोमबार जंगलमा फेला परेको जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले सोमबार विज्ञप्ति जारी गरी खत्रीको अपहरण र हत्याको घटनाको घोर निन्दा र भत्र्सना गर्दै जघन्य अपराधमा संलग्न व्यक्ति जोसुकै भए पनि तत्काल खोजी गरी कडा कारबाही गर्न माग गरेको छ ।
कांग्रेसले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न तथा आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसित माग गरेको छ ।
कांग्रेसले उनको हत्याबाट पार्टीले एक होनाहार व्यक्ति गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ । कांग्रेसले खत्रीको हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

No comments:

Post a Comment