Wednesday, December 5, 2012

सरकारद्वारा जाँदाजाँदै दर्जनौं नियुक्ति

विद्युत् प्राधिकरणको अध्यक्षमा मुख्यसचिव नियुक्त
काठमाडौं, २० मंसिर– नया“ सहमतिको सरकार गठनको तयारी भइरहेका बेला सरकारले जाँदाजाँदै विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा मुख्यसचिव लीलामणि पौडेलसहित दर्जनौं निकायमा नियुक्ति गरेको छ । मन्त्रिपरिषदको मंगलबार सा“झ बसेको बैठकले प्राधिकरण सञ्चालक समितिलाई प्रभावकारी बनाउन अध्यक्षमा मुख्यसचिव पौडेललाई नियुक्त गरेको जानकारी सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले दिए ।
तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टको पालादेखि ऊर्जा सचिवलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्न थालिएको थियो । त्यसअघि ऊर्जामन्त्री प्राधिकरणको अध्यक्ष हुन्थे । सरकारले ऊर्जा सचिवलाई प्राधिकरणको सदस्य नियुक्त गरेको छ ।
ऊर्जा सचिव अध्यक्ष हु“दा प्राधिकरणमा अर्थसचिव सदस्य हुने भए पनि बैठकमा नजाने हुनाले प्राधिकरण प्रभावकारी र अर्थमन्त्रालयसित समन्वय गर्न समस्या पर्दै आएको थियो ।
मुख्यसचिव अध्यक्ष भएपछि ऊर्जा र अर्थसचिव दुवैले सदस्यका रूपमा बैठक सहभागी हुने र सरकारका सबै मन्त्रालयसित समन्वय गर्न सजिलो हुने भएकाले अब प्राधिकरण प्रभावकारी हुने सरकारी अधिकारी बताउ“छन् ।
सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि रामेश्वर यादवलाई नियुक्त गरेको छ । खुला प्रतिस्पर्धाबाट सिफारिस भएका यादवलाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो । उनी प्राधिकरणबाट ५८ वर्ष पुगी निमित्त कार्यकारी निर्देशकबाट चार महिनाअघि अवकास पाएका थिए । प्राधिकरणमा एक वर्षदेखि कार्यकारी निर्देशक पद रिक्त थियो ।
दूर सञ्चार प्राधिकरणमा झा
सरकारले दूर सञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको छ । उनी आयल निगममा लामो समय कार्यकारी निर्देशक थिए । उनी दूर सञ्चारसम्बन्धी प्राविधिक ज्ञान नभएका व्यक्ति हुन् । प्राधिकरणको कानुन क्षेत्रबाट नियुक्त हुने सदस्यमा कानुन मन्त्रालयका उपसचिव धनराज ज्ञवालीलाई मनोनयन गरिएको छ ।
लुम्बिनी कोषमा तामाङ
मन्त्रिपरिषदले लुम्बिनी विकास कोषको सदस्यसचिवमा अजितमान तामाङलाई नियुक्त गरेको छ ।
दुई आयोगमा अध्यक्ष नियुक्त
सरकारले सुदूर पश्चिम विकास आयोग र कर्णाली विकास आयोगमा अध्यक्ष नियुक्त गरेको छ । सुदूर पश्चिम विकास आयोगको अध्यक्षमा जगदीशबहादुर पाल तथा सदस्यमा तेजबहादुर शाह र टंक गुरुङलाई नियुक्त गरेको छ ।
कर्णाली विकास आयोगको अध्यक्षमा डा. कुलबहादुर रोकाया तथा सदस्यमा दीपक बूढा र डिल्लीबहादुर सिंहलाई नियुक्त गरेको छ । सरकारले मुलुकमा पछाडि परेका दुई क्षेत्र कर्णाली र सुदूर पश्चिमको विकास गर्न आयोग गठन गरेको हो ।

तीन अवैतनिक दूत नियुक्त
सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको सानडियागो सहर लागि गुणाखर ढकाल तथा स्कटल्यान्डको ग्लास्को सहरका लागि सुनिता पोद्दार तथा सुडानको खार्तुनका लागि अब्बास अलबाखियत मोसालाई नेपालको अवैतनिक वाणिज्य दूत नियुक्त गरेको छ ।
रेडियो नेपालमा कार्की
सरकारले रेडियो प्रसारण विकास समितिको कार्यकारी निर्देशक तपनाथ शुक्लाको राजिनामा स्वीकृत गरी सुरेशुकमार कार्कीलाई नियुक्त गरेको छ ।
जडिबुटीमा आचार्य
सरकारले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका अध्यक्ष हरिहर सिग्देलको राजिनामा स्वीकृत वन मन्त्रालयका सहसचिव कृष्ण आचार्यलाई नियुक्त गरेको छ ।
शिक्षक सेवा आयोगमा पोखरेल
सरकारले शिक्षक सेवा आयोगका सदस्यमा सीताराम पोखरेललाई नियुक्त गरेको छ ।
शिविर व्यवस्थापन कार्यालय बन्द गर्ने निर्णय
सरकारले माओवादी लडाकु नेपाली सेनामा समायोजन भइसकेकाले सात ठाउ“मा रहेका शिविर व्यवस्थापन कार्यालय पुुस १ देखि र शिविर व्यवस्थापनको केन्द्रीय समन्वयकर्ताको कार्यालय माघ १ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ ।
डेनमान र बेलायतले पौने चार अर्ब सहयोग गर्ने
डेनमान सरकारले राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमका लागि ३ अर्ब १२ करोड तथा बेलायतले ऋण मिनाहा कार्यक्रमका लागि ५० करोड २१ लाख रुपैया“ सहयोग गर्ने भएका छन् । मन्त्रिपरिषदले दुवै देशको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
बिमा समितिमा पुनः केसी
सरकारले बिमा समितिको अध्यक्षमा प्रा.डा. फत्तेबहादुर केसीलाई पुनः नियुक्त गरेको छ ।








No comments:

Post a Comment