Sunday, December 23, 2012

Nepal-India high dam talks begins

काठमाडौं, ८ पुस– नेपाल र भारतबीच बहुउद्धेश्यीय सप्तकोसी उच्च बाँध परियोजनाको अवरुद्ध सम्भाव्यता अध्ययनलाई पुनः सुचारु गर्न द्विपक्षीय संयुक्त विज्ञ कार्यदलको वार्ता आइतबार सुरु भएको छ ।
सप्तकोसीमा उच्च बा“ध बनाउ“दा कमजोर भूबनोट र नेपाली भूमि बढी डुबानमा पर्ने उल्लेख गर्दै विभिन्न पार्टीको नेतृत्वमा पूर्वी नेपालका बासिन्दाले स्थलगत रूपमै विरोध गर्दै आएका कारण उक्त परियोजनाको सम्भाव्यता अध्ययन कार्य लामो समयदेखि अवरुद्ध छ ।
उक्त परियोजनाको अध्ययन कार्य सुचारु गर्नका लागि काठमाडौंमा दुई देशबीच सुरु भएको वार्ता सोमबारसमेत जारी रहनेछ । वार्ताका क्रममा सम्भाव्यता अध्ययनको प्रगति सन्तोषजनक हुन नसकेकामा दुवै पक्षले चिन्ता व्यक्त गरेको जानकारी छलफलमा सहभागी एक अधिकारीले दिए । अध्ययन कार्य २०६३ मा सुरु भए पनि स्थानीयबासीले अवरोध गरेका कारण प्रगति हुन नसकेको हो ।
उक्त परियोजनाको अध्ययनलाई सुचारु गर्न सुरु भएको वार्ता सकारात्मक दिशामा अघि बढेको र सोमबारसमेत वार्ता जारी रहने जानकारी छलफलमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव श्रीरञ्जन लाकौलले दिए ।
वार्तामा नेपाली पक्षको नेतृत्व विद्युत् विकास विभागमा महानिर्देशक अनुपकुमार उपाध्याय र भारतीय पक्षको नेतृत्व जलस्रोतका परियोजना अघि बढाउने अधिकारसम्पन्न केन्द्रीय जल निगमका सदस्य एवं भारत सरकारका अतिरिक्त सचिव देवेन्द्र शर्माले गरेका छन् ।
उक्त परियोजनाको अध्ययन गर्न तय गरिएको म्याद आगामी फेब्रुअरीमा सकिंदैछ । दुई देशबीच अध्ययनको म्याद दुई वर्ष थप्न सहमति हुने सम्भावना छ । त्यस अतिरिक्त उच्च बा“धबाट नेपाललाई हुने फाइदा र हानिबारे जानकारी गराएर स्थानीयबासीलाई परियोजनाब अघि बढाउन आश्वस्त पार्न पहल गर्ने र अध्ययनमा खटिने दुवै देशका अधिकारीलाई सुरक्षा दिनेबारेमा समेत सहमति हुने सम्भावना रहेको जानकारी छलफलमा सहभागी अधिकारीले दिए ।
भारत सप्तकोसीमा २ सय ६९ मिटर अग्लो बा“ध बा“धेर वर्षाको पानी जम्मा गर्ने पक्षमा छ भने नेपाल २ सय ३९ मिटर अग्लो बा“ध बा“ध्ने योजना छ, दुवै देशको विकल्पमा सम्भाव्यता अध्ययन गरिनेछ । बहुउद्धेश्यीय उक्त परियोजनाबाट दुवै देशलाई ठूलो फाइदा हुने सरकारी अधिकारीहरू बताउ“छन् ।
सप्तकोसी उच्च बा“ध परियोजनाबाट नेपालका लागि ३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र कोसीको पानीलाई डाइभर्सन गरी पर्सादेखि झापासम्म सिंचाइ गर्ने उद्धेश्य छ ।
कोसीको बाढीबाट वर्षेनि ठूलो जनधनको क्षति बेहोर्दै आएको भारतको उच्च बा“ध बा“धी नदीबाट बाह्रै महिना एकनास पानी छाडी बाढी नियन्त्रण गर्ने र आफ्नो देशको थप लाखौं हेक्टर भूमिमा सिंचाइ सुविधा पु¥याउने उद्धेश्य छ ।
सप्तकोसी उच्च बा“धबाट बाह्रैमास बराबरको पानी छाड्ेर कोसी नदीबाट समुद्रसम्म साना खालका पानी जहाज चलाउनेसमेत अध्ययनको उद्धेश्य रहेको छ । त्यति गर्न सके नेपालबाट पानी जहाजमार्फत् सोझै समुद्रसम्म, त्यहा“बाट भारतबाहेक विभिन्न मुलुकसम्म आउजाउ गर्न र मालसामान लान ल्याउन सकिनेछ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका क्रममा २०६३ सालमा उक्त परियोजनाको सम्भाव्यता अध्ययन कार्य सुरु गर्ने सहमति भई काम अघि बढेको हो । २०४८ सालमै नेपाल–भारतबीच उक्त परियोजना निर्माण गर्न अध्ययन गर्ने सहमति भए पनि काम अघि बढेको थिएन ।

No comments:

Post a Comment