Tuesday, June 11, 2013

प्राधिकरणका कर्मचारीद्वारा मन्त्री निवासमा ‘ब्लाक आउट’

काठमाडौं, २६ जेठ– विद्युत् प्राधिकरणका कर्मचारीहरूले माथिल्लो त्रिशूली ३ एको क्षमता विस्तारको विवादास्पद निर्णय फिर्ता लिन माग गर्दै आइतबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा दुई घन्टा ‘ब्लाक आउट’ गरेका छन् । कर्मचारीहरूले सोमबारसमेत मन्त्री निवासमा ब्लाक आउट गर्ने कार्यक्रम राखेका छन् ।
इपीसी ठेक्का सम्झौता र सार्वजनिक खरिद ऐनविपरीत निर्माण अवधि कम्तीमा दुई वर्ष लम्बिने र लागत करिब चार अर्ब रुपैया“ बढ्ने गरी क्षमता विस्तारको गैरकानुनी निर्णय भएको र त्यो मुलुक तथा प्राधिकरणको अहितमा रहेको दाबी गर्दै कर्मचारीहरूले मन्त्री निवासमा ब्लाक आउट गर्न थालेका हुन् ।
उक्त निर्णय रद्द गर्नका लागि दबाब दिन आमजनताको नभई क्षमता विस्तारको निर्णयमा सहभागी ऊर्जामन्त्री उमाकान्त झासहित मन्त्रिपरिषदका सबै सदस्यको निवास रहेको पुल्चोकमा ठूलो प्रहरी तैनाथीलाई छल्दै कर्मचारीहरूले दिउ“सो ११ देखि १ बजेसम्म ब्लाक आउट गरिएको जानकारी विद्युत् प्राधिकरण कर्मचारी युनियनका सचिव भूमिनन्दन अर्यालले जानकारी दिए ।
उनका अनुसार कर्मचारीहरूले प्राधिकरणको प्रधान कार्यालयमा बिहान १० देखि बुलेका ५ बजेसम्म पेन डाउन गरी काम ठप्प पारे । कर्मचारीले प्रधान कार्यालयबाहेक देशभरका अरू कार्यालयमा भने बिहान १० देखि दिउ“सो २ बजेसम्म पेन डाउन गरी कामकाज ठप्प पारेका थिए ।
चार कर्मचारी संगठनले प्राधिकरणका आकस्मिक सेवाका बाहेक देशभरका कार्यालयका अरू कुनै पनि गाडी चलाउन रोक लगाएका छन् भने कार्यकारी निर्देशक रामेश्वर यादव र सञ्चालक समितिका सदस्यहरूलाई प्राधिकरण प्रवेश गर्न रोक लगाएका छन् ।
प्राधिकरणले सञ्चालक समितिका सदस्य मनोज मिश्रको संयोजकत्वमा समिति गठन गरी आन्दोलनरत पा“चवटै कर्मचारी संगठनलाई आइतबार ऊर्जा मन्त्रालयमा वार्ता गर्न बोलाइएको थियो । तर, कर्मचारी संगठनका प्रतिनिधि जा“दा मिश्रसहित कोही पनि प्रतिनिधि गैरजिम्मेवार ढंगले ऊर्जा मन्त्रालयमा उपस्थित नभएकाले वार्ता हुन नसकेको जानकारी अर्यालले दिए ।
आगामी माघमा काम सकिने गरी ठेक्का लिए पनि हालसम्म ३० प्रतिशतभन्दा कम काम गरेको चिनिया“ ठेकेदार कम्पनीलाई ९० करोड रुपैया“ हर्जाना तिर्नबाट उन्मुक्ति दिइएको र उसले मागेभन्दा २ अर्बभन्दा बढीमा क्षमता विस्तारको स्वीकृति दिएर ठूलो आर्थिक चलखेल भएपछि प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।





No comments:

Post a Comment