Thursday, June 20, 2013

राष्ट्रपतिलाई उपचार गर्न ६० लाख

काठमाडौं, ५ असार– सरकारले राष्ट्रपति रामवरण्ँ यादवलाई जापानमा उपचार गर्न तथा स“गै गएको उनको १० जनाको सहयोगी टोलीको आतजाते र बसाइ खर्चका लागि ६० लाख रुपैया“ निकासा दिएको छ ।
दुई महिनादेखि पखाला लागिरहने समस्याबाट पीडित यादवको राजधानीको ग्रान्डी अस्पतालमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा गिर्खो देखिएको र त्यो क्यान्सर हुन सक्ने चिकित्सकको आशंकापछि मन्त्रिपरिषदले आकस्मिक बैठक बसी उनलाई सुविधासम्पन्न विशेषज्ञ अस्पतालमा उपचार गराउन सोमबार जापान पठाएको हो ।
मन्त्रिपरिषदको निर्णयअनुसार ६० लाखमध्ये ३० लाख रुपैया“ जापानस्थित नेपाली दूतावासलाई राष्ट्रपतिको उपचारका लागि खर्च बेहोर्न दिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । स्रोतका अनुसार टोकियोस्थित अस्पतालमा राष्ट्रपतिको उपचारमा हुने सम्पूर्ण खर्च दुताबासले तिर्नेछ ।
बा“की ३० लाख रुपैया“ भने राष्ट्रपतिस“ग गएको टोलीमा संलग्न उनका नातेदार, सल्लाहकार, कर्मचारी र सुरÔाकर्मीका लागि दैनिक भ्रमण भत्ता र भैपरी खर्च लागि दिएको जानकारी स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्री कार्यालयका ती अधिकारीले राष्ट्रपतिको उपचार गराउन सहयोगी टोलीको आकार ठूलो भएको र अनावश्यक व्यक्तिसमेत रहेको टिप्पणी गर्दै राष्ट्राध्यक्षले लाने भनेपछि मन्त्रिपरिषदले स्वीकृति दिएको टिप्पणी गरे । ती अधिकारीले राष्ट्रपतिको साथमा कानुनी सल्लाहकार र  तीन÷तीन जना सुरÔाकर्मी जानु अनावश्यक र त्यसले फर्जुल खर्च बडाउनेछ ।
राष्ट्रपतिका साथमा सरकारतर्फबाट परराष्ट्रमन्त्रालयका शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्नेत, छोरा चन्द्रमोहन, छोरी अनिता, निजी चिकित्सक यादव भट्ट, कानुनी सल्लाहकार सूर्य ढंगेल, सहयोगी गोरखबहादुर तामाङ र तीन सुरक्षाकर्मी गरी १० जनाको टोली गएको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्ट्रपतिको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरी ६० लाख रुपैया“ दिएको हो । सरकारले राष्ट्रपतिको उपचार तथा उनको टोलीको जापान बसाइ र आतेजाते दिइएको रकमले पुगेन भने थप रकमसमेत दिने जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए । सहयोगी टोलीले जापानमा आउजाउ र बस्दा लागेको खर्चको बिलभपाई सरकारलाई पेस गरी लिएको रकमको पेश्की रकम फछ्यौंट गर्नुपर्नेछ ।
‘पहिलो चरणमा राष्ट्रपतिको उपचार र उनको टोलीको खर्चका लागि ६० लाख रुपैया“ दिएको हो, बढी खर्च लाग्यो भने पनि सरकारले सम्पूर्ण रकम बेहोर्नेछ’ ती अधिकारीले कान्तिपुरसित भने ।

No comments:

Post a Comment