Saturday, June 8, 2013

भारतद्वारा तीन विद्युत् आयोजनालाई १४ अर्ब ऋण

कोसी कोरिडोर र सोलु कोरिडोर प्रसारण लाइन निर्माणले थुप्रै विद्युत् आयोजना विकासको बाटो खुल्छ
काठमाडौं, २५ जेठ– भारतीय एक्जिम बैंकले दुई प्रसारण लाइन र एउटा जलविद्युत् आयोजना निर्माणका लागि नेपाललाई १ सय ५० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब रुपैया“) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । बैंकले सोमबार अर्थमन्त्रालयलाई पत्र पठाई ती तीन आयोजनाका लागि ऋण स्वीकृत भएको जानकारी गराएको हो ।
भारतले ६ वटा सडक, तीन प्रसारण र एउटा जलविद्युत् आयोजनालाई एक्जिम बैंकबाट २ सय ५० मिलियन डलर ऋण सहयोग दिने प्रतिबद्धता व्यक्त गरेकामा पहिलो चरणमा तीन आयोजनालाई ऋण स्वीकृत गरेको हो ।
एक्जिम बैंकले २२० केभीको कोसी कोरिडोर प्रसारण लाइन, १३२ केभीको सोलु कोरिडोर प्रसारण लाइन निर्माण र निर्माणाधीन ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनालाई उक्त ऋण सहयोग स्वीकृत गरेको हो । नेपालले ती आयोजनालाई कुन कुन मितिमा रकम आवश्यक पर्छ भन्ने समयतालिका पठाएपछि बैंकले त्यहीअनुसार ऋण रकम भुक्तानी गर्ने जानकारी अर्थमन्त्रालयका अधिकारीले दिए ।
अर्थमन्त्रालयको वैदेशिक सहयोग महाशाखा प्रमुख सहसचिव मधु मरासिनीले भारतीय एक्जिम बैंकबाट ऋण स्वीकृत भएको पत्र आएको जानकारी दिए । ‘एक्जिम बैंकले दुई प्रसारण लाइन र एउटा जलविद्युत् आयोजनाका लागि ऋण स्वीकृत गरेको छ’ मरासिनीले भने ।
उनका अनुसार बैंकले राहुघाट आयोजनाका लागि ३६ मिलियन, २२० केभी कोसी कोरिडोर प्रसारण लाइनका लागि ९० मिलियन र १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनका लागि २९ मिलियन डलर ऋण सहयोग स्वीकृत गरेको छ ।
उक्त ऋण स्वीकृत भएपछि राहुघाट आयोजना निर्माणका लागि आवश्यक रकम जुटेको छ भने दुई प्रसारण लाइन तत्काल निर्माण सुरु गर्ने बाटो खुलेको छ । कोसी कोरिडोरमा कुल १५ सय मेगावाट विद्युत् क्षमता भएका ९ विद्युत् आयोजना र सोलु कोरिडोरमा कुल २ सय मेगावाट क्षमताका ७ विद्युत् आयोजना अध्ययन भई निर्माणको चरणमा जाने अवस्थामा रहेको स्वतन्त्र ऊर्जा ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष सुवर्णदास श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ती दुई कोरिडोरमा प्रसारण लाइन कहिले निर्माण हुने अनिश्चित रहेकाले अध्ययन सकेर पनि प्रवद्र्धकहरूले विद्युत् प्राधिकरणसित लामो समयदेखि विद्युत् खरिद सम्झौता गर्न नपाएका कारण थुप्रै आयोजनाको निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
भारतीय सहयोगपछि ती कोरिडोरमा प्रसारण लाइन निर्माण सुरु हुने र अब ती कोरिडोरमा अध्ययन भइसकेका र हुने क्रममा रहेका आयोजनाले प्राधिकरणसित विद्युत् खरिद सम्झौता गरी निर्माण कार्य सुरु गर्ने बाटो खुलेको छ । सुपरसिक्सका नामले चिनिने खुल्ला प्रतिस्पर्धाबाट छानिएका छवटा आयोजनाले समेत विद्युत् खरिद सम्झौता गर्ने बाटो खुलेको जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए । सुपरसिक्सका छ आयोजनामध्ये धेरैजसो यी दुई कोरिडोरमै पर्छन् ।
ऊर्जा सचिव हरिराम कोइरालाले अर्थमन्त्रालयबाट भारतीय सहयोगसम्बन्धी पत्र आएको र बैंकले सहयोग दिने÷नदिने आशंका निवारण भएको बताए । ‘हाम्रो मन्त्रालयले तत्काल ती आयोजना निर्माणका लागि रकम उपलब्ध गराउनेछ’ कोइरालाले भने ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा सन् २०११ मा नेपाल सरकार र एक्जिम बैंकबीच १० वटा पूर्वाधार विकास आयोजनालाई २ सय ५० मिलियन डलर सहुलियतपूर्ण ऋण दिने सम्झौता भएको थियो । उक्त ऋण सम्झौता सन् २०१२ को जुनदेखि लागू हुने उल्लेख थियो । तर, बैंकले ती १० आयोजनाको प्रगति सन्तोषजनक नभएका कारण ऋण निकासा गर्न आनाकानी गर्दै आएको थियो ।
सरकारले भारत सरकारमार्फत् बैंकलाई ती तीन आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सहितको प्रगति विवरण पठाएको र त्यही आधारमा तीन आयोजनाका लागि पहिलो चरणमा ऋण स्वीकृत भएको हो । १३२ केभीको मोदी–लेखनाथ प्रसारण लाइनको भने प्रगति विवरण पठाउन बा“की रहेकाले त्यसलाई ऋण स्वीकृत हुन बा“की छ । छवटा सडक आयोजनाको समेत ऋण स्वीकृत हुन बा“की छ ।
नेपालले पठाएको डीपीआरसहितको प्रतिवेदन मूल्यांकनपछि एक्जिम बैंकको प्रमण्डल यहा“ आएर अर्थ, ऊर्जा, भौतिक र्पूाधार मन्त्रालयका अधिकारीहरूसित केही साताअघि बैठक गरेको थियो । ‘प्रमण्डलले छिटोभन्दा छिटो ऋण सहयोग निकासा हुने आश्वस्त पारेको थियो’ एक अधिकारीले भने ।
सम्झौताअनुसार भारतले तीस वर्षका लागि १.७५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । कुल ऋणमध्ये १७० मिलियन डलर प्रसारण लाइन निर्माण र विद्युत् आयोजना विकासमा खर्च गरिनेछ । एक्जिम बैंक र नेपालबीच ती आयोजनाहरूमा ८० प्रतिशत भारतीय सामग्री प्रयोग गर्नु भारतीय शर्तका विषयमा विवाद छ । सरकारले नेपालले भारतलाई ती आयोजनामा भारतीय सामग्री ५० प्रतिशतमात्र प्रयोग गर्न दिन आग्रह गरेको र त्यसमा निर्णय हुन बा“की रहेको बताए ।

भारतको सहयोगबाट बन्ने आयोजना    अनुमानित लागत (डलरमा)
राहुघाट जलविद्युत् आयोजना    ३७ मिलियन
२२० केभी कोसी कोरिडोर प्रसारण लाइन    ९० मिलियन
१३२ केभी सोलु कोरिडोर प्रसारण लाइन    २९ मिलियन
१३२ केभी मोदी–लेखनाथ प्रसारण लाइन    १४ मिलियन
सहिद मार्ग     १५.३० मिलियन
बर्दघाट–त्रिवेणी सडक    २५ मिलियन
लुम्बिनी बुद्धिस्ट सर्किट सडक    ९.८६ मिलियन
सा“फेबगर–मार्तडी सडक    ७.२५ मिलियन
बालाजु–रानीपौवा–त्रिशुली सडक    ११.२० मिलियन
छाहारे–बिदुर सडक २.८१ मिलियन


No comments:

Post a Comment