Monday, June 17, 2013

राष्ट्रपति यादव उपचारका लागि जापान प्रस्थान

काठमाडौं, ३ असार– राष्ट्रपति रामवरण यादव जापानको अस्पतालमा उपचार गराउन सोमबार टोकियो प्रस्थान गरेका छन् । दुई महिनादेखि पखाला लागिरहने समस्याबाट पीडित यादवको राजधानीको ग्रान्डी अस्पतालमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा गिर्खो देखिएको र त्यो क्यान्सर हुन सक्ने चिकित्सकको आशंकापछि सरकारले सुविधासम्पन्न विशेषज्ञ अस्पतालमा उपचार गराउन सोमबार जापान पठाएको हो ।
मन्त्रिपरिषदको आइतबार बसेको आकस्मिक बैठकले ठूलो आन्द्रामा घाउ देखिएका राष्ट्रपति यादवलाई मेडिकल बोर्डको सिफारिसमा जापानको अस्पतालमा उपचार गर्न पठाउने र सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।
‘मन्त्रिपरिषदले मेडिकल बोर्डको सिफारिसमा राष्ट्रपतिलाई जापानको सुविधासम्पन्न अस्पतालमा उपचार गर्न पठाउने र उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ’ सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री माधव पौडेलले भने ।सरकारले जापानमा राष्ट्राध्यक्षको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन त्यहा“स्थित नेपाली दुतावासलाई निर्देशनसमेत दिइसकेको छ ।
राष्ट्रपति यादवलाई सोमबार १ः३० बजे जापान प्रस्थान गरे । मंगलबारदेखि उनको उपचार सुरु हुने जानकारी परराष्ट्र मन्त्रालयका अधिकारीले दिएका छन् ।
राष्ट्रपतिका साथमा सरकारतर्फबाट परराष्ट्रमन्त्रालयका शिष्टाचार महापाल निरञ्जन बस्नेत, छोरा चन्द्रमोहन यादज, छोरी अनिता यादव, निजी चिकित्सक यादव भट्ट, कानुनी सल्लाहकार सूर्य ढंगेल र तीन सुरक्षाकर्मीसहित १० जनाको टोली गएको छ ।


No comments:

Post a Comment