Friday, June 14, 2013

मन्त्रिपरिषदद्वारा सात सचिवको सरुवा

काठमाडों, ३० जेठ– सरकारले संविधानसभा निर्वाचनको घोषणास“गै विभिन्न मन्त्रालय र निकायका सात सचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनीहरूलाई  सरुवा गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार सचिवहरू ऊर्जा मन्त्रालयका हरिराम कोइरालालाई उपराष्ट्रपति कार्यालयमा, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक जनार्दन नेपाललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मध्यपश्चिमका क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रिताललाई राष्ट्रपति कार्यालयको सचिवमा सरुवा गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा सचिव पद रिक्त थियो ।
सचिवहरू जल तथा ऊर्जा आयोगका विश्वप्रकाश पण्डितलाई ऊर्जा मन्त्रालयमा, वाणिज्य तथा आपूर्तिमन्त्रालयका लालमणि जोशीलाई गरिबी निवारण तथा सहकारी मन्त्रालयमा, वन मन्त्रालयका कृष्णचन्द्र पौडेललाई जल तथा ऊर्जा आयोगमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका गणेशराज जोशीलाई वन मन्त्रालयका सरुवा गरिएको छ । अख्तियारमा कसैलाई पनि पठाइएको छैन ।

No comments:

Post a Comment