Tuesday, June 4, 2013

मेलम्ची सुरुङ निर्माणको ठेक्का इटालियन कम्पनीलाई

२०७३ असारमा मेलम्चीमा पानी राजधानी आउने
लागत दोब्बर बढ्यो

काठमाडौं– काकाकुल राजधानीको एकमात्र आशाको केन्द्र मेलम्ची खानेपानी आयोजनाको सबभन्दा महत्वपूर्ण संरचना मेलम्चीबाट राजधानीसम्म पानी ल्याउने सुरुङमार्गको निर्माणको ठेक्का इटालियन कम्पनी सीएमसीले पाएको छ ।
मेलम्ची खानेपानी आयोजनाले प्राविधिक प्रस्तावबाट छनौट भएका दुई कम्पनीको सोमबार आर्थिक प्रस्ताव खोल्दा सीएमसीले सुरुङ निर्माणमा कम रकम कबोल गरेको हुनाले उसले ठेक्का पाएको हो । उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना सरकारको छ ।
सीएमसीले ७ अर्ब ७१ करोड रुपैया“मा मेलम्चीबाट राजधानीसम्म पानी ल्याउने सुरुङ (खन्न बा“की २१ किलोमिटर) निर्माण गर्ने र खोलामा बा“ध (इन्टेक) बनाउने ठेक्का पाएको हो । अर्को दाबेदार चिनिया“ कम्पनी सिनो हाइड्रोले भने सुरुङ निर्माण गर्न १० अर्ब ९१ करोड रुपैया“ प्रस्ताव गरेको थियो । सुरुङ निर्माणका लागि चार कम्पनीले प्रस्ताव हाले पनि प्राविधिक प्रस्तावबाट भने सीएमसी र सिनो हाइड्रोमात्र छनौट भएका थिए ।


मेलम्ची खानेपानी विकास समितिले उक्त कम्पनीलाई पत्र पठाई १५ दिनभित्र उसले ठेक्का पाएको सूचना दिने र र चार सातापछि उससित ठेक्का सम्झौता हुने जानकारी आयोजना प्रमुख कृष्ण आचार्यले दिए ।
ठेक्का सम्झौतामा सीएमसीले ३६ महिनाभित्र अर्थात् २०७० असारभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने समयसीमा दिइनेछ । असार मसान्तसम्ममा सीएमसीले सुरुङ निर्माण थाल्ने र ढिलोमा त्यसको ३६ महिनामा काम सम्पन्न भई मेलम्चीबाट राजधानीमा पानी आउने जानकारी आयोजनाका अधिकारीले दिए ।
आयोजनाले सुरुङ निर्माण कार्य निर्धारित समयभन्दा पहिले सम्पन्न गर्न ठेकेदारलाई बोनस दिने भएको छ । ठेकेदारले निर्धारित समयभन्दा जति दिन पहिले सुरुङ निर्माण कार्य सम्पन्न गर्छ, उसलाई त्यति दिनको कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले आयोजनाले बोनस दिनेछ । छिटो काम सकेमा ठेकेदारले बढीमा कुल ठेक्का रकमको १० प्रतिशतसम्म बोनस पाउनेछ । बोनस पाउनका लागि पनि ठेकेदारले सुरुङ निर्माण कार्य निर्धारित मितिभन्दा पहिले सक्ने विश्वास आयोजनाका अधिकारीहरूको छ ।
सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनिया“ ठेकेदार चाइना फिफ्टिन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे ६ किमीमात्र सुरुङ निर्माण गरेका कारण उससितको ठेक्का तोडिएपछि सुरुङ निर्माणको लागत दोब्बर बढेको छ भने दोस्रोपटक टेन्डर गर्नुपर्दा आयोजना तीन वर्ष ढिलो हुने भएको छ ।
चिनिया“ ठेकेदारले साढे २७ किमी सुरुङ र इन्टेक बनाउन ४ अर्ब २८ करोड रुपैया“मा ठेक्का पाएको थियो । ६० करोड बिल भुक्तानी लिएको चिनिया“ ठेकेदारले जम्मा साढे ६ किमीमात्र सुरुङ खनेको छ । चिनिया“ ठेकेदारले लापर्बाही गरी नबनाएको र लामो समय खेर फालेका कारण बा“की २१ किमी सुरुङको लागत दोब्बर बढेको हो । ६० करोड र बा“की २१ किमी सुरुङ र इन्टेकका लागि सीएमसीद्वारा प्रस्तावित ७ अर्ब ७१ करोड गरी सुरुङ निर्माण गर्न ८ अर्ब ३१ करोड रुपैया“ लाग्ने भएको छ ।
सन् २००८ को मूल्यमा ४ अर्ब २८ करोड रुपैया“लाई विचार गर्दा हालको मूल्यमा ७ अर्ब ७१ करोड धेरै मह“गो नभई ठीकै (रिजनेबल) प्रस्ताव भएको आयोजनाका अधिकारी बताउ“छन् । सन् २००८ मा अमेरिकी एक डलरको भाउ ६४ रुपैया“को हाराहारीमा थियो भने हाल ९० रुपैया“ छ भने निर्माण सामग्रीको मूल्यसमेत पा“च वर्षको अवधिमा धेरै बढिसकेको छ ।
सरकारले चिनिया“ ठेकेदार चिनिया“ रेल्वे फिफ्टिन ब्युरोले राखेको पफरमेन्स बन्ड ६० मिलियिन डलर र एड्भान्सबापत उसले लिएको ६६ लाख डलरको समेत बैंक ग्यारेन्टी फ्रिज गरिसकेको छ । चिनिया“ ठेकेदारले फ्रिज भएको रकम चिनिया“ बैंकमार्फत् मेलम्ची खानेपानी आयोजनालाई दिने आश्वासन दिए पनि हालसम्म भुक्तानी गरिसकेको छैन ।
‘नया“ ठेकेदार आयोजनास्थलमा परिचालन भएपछि चिनिया“ ठेकेदारले निर्माण गरेको साढे ६ किमी सुरुङको काम र उसका उपकरणको हिसाबकिताब गरिनेछ’ आयोजना प्रमुख आचार्यले भने– ‘हिसाब गरेपछि उसलाई तिर्नुपर्ने देखिए आयोजनाले तिर्छ र उसले तिर्नुपर्ने देखिए असुलउपर गरिनेछ ।’

मेलम्चीदेखि सुरुङबाट सुन्दरीजलसम्म ल्याइने पानी प्रशोधन गर्न बनाइने दोस्रो ठूलो संरचनाको निर्माण भने जापानी सहयोग नियोग (जाइका) का कारण कहिले सुरु हुने अनिश्चित रहेको जानकारी स्रोतले दिएको छ ।
आयोजनाले सुन्दरीजलमा पानी प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) निर्माण गर्न गत मंसिरमा नै टेन्डर हालेका कम्पनीहरूको प्राविधिक तथा आर्थिक प्रस्ताव खोली जाइकामा पठाए पनि हालसम्म सहमति नआएको जानकारी स्रोतले दिएका छन् । उसले कहिलेसम्म सहमति दिन्छ, कुनै जानकारी नआएकोसमेत स्रोतले उल्लेख गरेको छ । पानी प्रशोधन संरचना निर्माणमा जाइकाको अनुदान सहयोग छ ।
अन्तिम चरणको टेन्डर प्रक्रियामा प्रशोधन संरचना निर्माणका लागि चीनको सीडब्लुई, अस्ट्रियाको कोइबाक र जापानको हिटाची कम्पनी छनौट भएका छन् । जाइकाको सहमति आउनासाथ आयोजनाले ती तीनमध्ये कम रकम कबोल गरेको र प्राविधिक प्रस्तावसमेत राम्रो भएको कम्पनीलाई प्रशोधन संरचना निर्माण गर्न दिनेछ । सुरुङ निर्माण हु“दासम्म प्रशोधन संरचनासमेत बनाइसक्ने योजना आयोजनाको छ । त्यहा“ प्रशोधन हुने पानी पाइपमार्फत् राजधानीको खानेपानी प्रणालीमा जोडी वितरण गरिनेछ ।


No comments:

Post a Comment