Saturday, June 22, 2013

एक सातामै दोस्रोपटक छ सचिवको सरुवा

काठमाडौं, ७ असार– सरकारले सात सचिवको सरुवा एक साता नबित्दै विभिन्न मन्त्रालय र निकायमा कार्यरत छ विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ । सात सचिवको सरुवा गरेको एक साता नहु“दै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले थप छ जनाको सरुवा गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा सचिव सोमलाल सुवेदीलाई विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा, सुदूर पश्चिमका क्षेत्रीय प्रशासक आत्माराम पाण्डेलाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । रक्षा सचिव तिलकराम शर्माले ५८ वर्ष उमेर पूरा गरी बिहीबारदेखि अनिवार्य अवकास पाएका छन् ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशव भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । निर्वाचन आयोगका नारायणगोपाल मलगोलाई शिक्षा मन्त्रालयको सचिवमा, महालेखा नियन्त्रण कार्यालयका नरेन्द्र दाहाललाई निर्वाचन आयोगको सचिवमा सरुवा गरिएको छ । मध्यमाञ्चलका क्षेत्रीय प्रशासक उद्धव बा“स्कोटालाई महालेखा नियन्त्रक कार्यालयको सचिवमा सरुवा गरिएको छ ।
काली गण्डकीको पुनःस्थापनामा विश्व बैंकको सहयोग
१ सय ४४ मेगावाट जलविद्युत् आयोजनाको पुनःस्थापनाका लागि विश्व बैंकले २ अर्ब ७० लाख रुपैया“ सहुलियतपूर्ण सहयोग गर्ने भएको छ । उक्त सहयोग काली गण्डकी ए जलविद्युत् आयोजनाको जलाशयमा बालुवा थेग्रने र जलविद्युत् गृह हल्लनेलगायतका समस्या समाधानका लागि उपयोग गरी उक्त आयोजनालाई पुनःस्थापनामा उपयोग गर्ने योजना सरकारको छ । सरकारले उक्त सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी प्रक्रिया अघि बढाउन अर्थमन्त्रालयका अधिकारीलाई अख्तियारी प्रदान गरेको छ ।
सशस्त्रमा झन्डै साढे तीन हजार दरबन्दी थप
सरकारले सीमा सुरक्षालगायतका कामकारबाहीका लागि सशस्त्र प्रहरी बलमा ३ हजार २ सय ४६ दरबन्दी थप गरेको छ । सरकारका प्रवक्ता एव. सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सशस्त्रमा जवानदेखि प्रहरी वरिष्ठ उपरिक्षकसम्मको मात्र दरबन्दी थप गर्ने निर्णय भएको जानकारी दिए ।
सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थापना हुने
मन्त्रिपरिषदले चीन सरकारको सहयोगमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ । प्रतिष्ठान स्थापनाका लागि चीन सरकारले ३ अर्ब ६० लाख रुपैया“ रुपैया“ अनुदान सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले चीन सरकारसित सहयोगसम्बन्धी प्रक्रिया अघि बढाउन अर्थमन्त्रालयलाई अख्तियारीसमेत प्रदान गरेको छ ।
बाल कल्याणमा धिताल
सरकारले केन्द्रीय बाल कल्याण समितिको कार्यकारी निर्देशकमा गोरखाका तारक धिताललाई पा“च वर्षका लागि नियुक्त गरेको छ । यसअघिका कार्यकारी निर्देशक बैंक ठगी प्रकरणमा परी खोसुवामा परेकाले नया“ नियुक्ति गरिएको हो ।
तनहु“मा जीपी स्वास्थ्य केन्द्र
सरकारले मुलुकको शान्ति प्रक्रिया र गणतन्त्र बहालीमा नेतृत्वदायी भूमिका निर्वाह गरेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तनहु“को खैरेनीटारमा जीपी कोइराला स्वास प्रश्वास केन्द्र स्थापना गर्ने भएको छ । सरकारले केन्द्र स्थापना गर्नका लागि आवश्यक कानुन तथा नियमावली बनाउने निर्णयसमेत गरेको छ ।
स्वास्थ्यमा चारको बढुवा
सरकारले स्वास्थ्य मन्त्रालय र मातहतमा कार्यरत ११ औं तहका चिकित्सक चार जनालाई १२ औं तहमा बढुवा गरेको छ । ११ औंबाट बाह्रौ तहमा बढुवा गरिएकामा लखनलाल साह, तीर्थराज बुर्लाकोटी, रोजनसुन्दर श्रेष्ठ, शिला बर्मा छन् ।
दैवी प्रकोप कोषमा अब १० करोड
सरकारले हालै सुदूर पश्चिम, मध्यपश्चिम तथा देशका विभिन्न जिल्लामा आएको बाढी प्रकोपलाई हृदयंगम गरी केन्द्रीय दैवी प्रकोप पीडित उद्धार कोषको रकम ५ करोडबाट बढाई हरेक वर्ष १० करोड विनियोजन गर्ने निर्णय गरेको जानकारी पौडेलले दिए ।
उनका अनुसार दार्चुलामा भत्केका सडक, भवनलगायतको पुनःस्थापनाका लागि ५० करोड रुपैया“ तत्काल निकासा गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले सुदूर पश्चिम, मध्यपश्चिमसहित देशका विभिन्न जिल्लामा बाढीबाट पीडित स्थानमा तत्काल तटबन्ध निर्माणलगायतको कामकारबाही गर्नका लागि कार्यक्रम पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
साथै मन्त्रिपरिषदले बाढी प्रकोपमा परेर अत्यावश्यक सामग्री आपूर्तिमा समस्या परेका दार्चुलासहितका जिल्लामा तत्काल खाद्यान्न, औषधि र खानेपानीको व्यवस्था गर्नसमेत वाणिज्य तथा आपूर्ति, स्वास्थ्य र सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

No comments:

Post a Comment