Friday, June 14, 2013

मन्त्रिपरिषदका अध्यक्षको निवासमा बिजुली काट्ने घोषणा

माथिल्लो त्रिशूली ३ ए प्रकरण
ऊर्जामन्त्रीद्वारा कर्मचारीले आन्दोलन गर्न नपर्ने निर्णय गर्ने संकेत

काठमाडौं, २८ जेठ– प्राधिकरणका आन्दोलनरत कर्मचारीले माथिल्लो त्रिशुली ३ ए को क्षमता विस्तारको गैरकानुनी निर्णय फिर्ता लिन माग गर्दै शुक्रबारदेखि अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष खिलराज रेग्मीको बालुवाटारस्थित निवासमा ब्लाक आउट गर्नेसहितको चौथो चरणको आन्दोलन घोषणा गरेका छन् ।
मन्त्री झाले ‘कर्मचारीहरूले आन्दोलन गर्न नपर्ने गरी बुधबार प्राधिकरण सञ्चालक समितिबाट निर्णय हुने संकेत ऊर्जामन्त्रालयका अधिकारी र आन्दोलनरत संगठनका प्रतिनिधिहरूलाई गरेको जानकारी स्रोतले दिएका छन् । प्राधिकरणका अध्यक्षसमेत रहेका झाले बुधबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकसमेत ल्याएका छन् ।
चार कर्मचारी संगठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा बुधबारदेखि चार घन्टा ब्लाक आउट गर्ने भएका छन् । शुक्रबारसम्म क्षमता विस्तारको निर्णय फिर्ता नभए ती कर्मचारी संगठनले मन्त्रिपरिषदका अध्यक्षको निवासमा अनिश्चितकालीन र मन्त्री निवासमा २४ सै घन्टा ब्लाक आउट गर्ने र प्राधिकरणको सम्पूर्ण कामकाज ठप्प पार्ने कार्यक्रमसमेत अघि सारेका छन् ।
ऊर्जामन्त्री झासहित प्राधिकरण सञ्चालक समितिका पदाधिकारीसित दुई दिन भएको वार्ता सकारात्मक नभएपछि गैरकानुनी निर्णय सच्याउनका लागि बाध्य पार्न आन्दोलनका अप्रिय कार्यक्रम घोषणा गर्न बाध्य हुनुपरेको ती कर्मचारी संगठनका प्रतिनिधिले उल्लेख गरेका छन् ।
गैरकानुनी निर्णयमा जिम्मेवार झा र त्यसमा रमिते एवं संरक्षण गर्ने मन्त्री र मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको निवासमा ब्लाक आउटको कार्यक्रम राखिएको जानकारी कर्मचारी संगठनका एक नेताले दिएका छन् ।
ती कर्मचारी संगठनले प्राधिकरणका कार्यकारी निर्देशक र सञ्चालक समितिका सदस्यहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने र प्राधिकरणका आकस्मिक सेवाबाहेक सम्पूर्ण गाडी सञ्चालनमा रोक लगाएका छन् ।
कर्मचारीहरूले बुधबारदेखि कार्यालयको सम्पूर्ण कामकाज पूरै समय ठप्प पार्ने कार्यक्रम घोषणा गरेका छन् । ती कर्मचारी संगठनका अनुसार आन्दोलनका कारण आमजनतालाई असुविधा नहोस् भनेर प्राधिकरणका देशभरका काउन्टर, नो लाइट सेक्सन र इमर्जेन्सी तथा ट्रान्समिसन लाइन्स र स्टेसन मर्मतको कार्य भने सुचारु राखिनेछ ।
सञ्चालक समितिका पदाधिकारीसित दुईपटक वार्ता भएको, तर गैरकानुनी निर्णय सच्याउनेतर्फ कुनै कारबाही अघि नबढेको उल्लेख गर्दै क्षमता विस्तारको निर्णय फिर्ता हुनासाथ फिर्ता लिने गरी आन्दोलनका नया“ कार्यक्रम अघि सारिएको कर्मचारी संगठनले उल्लेख गरेका छन् ।
प्राधिकरणका कर्मचारीहरूले माथिल्लो त्रिशूली ३ एको क्षमता विस्तारको विवादास्पद निर्णय फिर्ता लिन माग गर्दै मंगलबार तेस्रो दिन पनि ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा दुई घन्टा ‘ब्लाक आउट’ गरे ।
इपीसी ठेक्का सम्झौता र सार्वजनिक खरिद ऐनविपरीत निर्माण अवधि कम्तीमा दुई वर्ष लम्बिने र लागत करिब चार अर्ब रुपैया“ बढ्ने गरी क्षमता विस्तारको गैरकानुनी निर्णय भएको र त्यो मुलुक तथा प्राधिकरणको अहितमा रहेको दाबी गर्दै कर्मचारीहरूले मन्त्री निवासमा ब्लाक आउट गर्दै आएका हुन् ।
कर्मचारीहरूले विद्युत् महसुल काउन्टर, नो लाइट सेक्सन र इमर्जेन्सी सेवाबाहेक प्राधिकरणको प्रधान कार्यालयमा बिहान १० देखि बुलेका ५ बजेसम्म पेन डाउन गरी काम ठप्प पारे ।
कर्मचारीले प्रधान कार्यालयबाहेक देशभरका अरू कार्यालयमा पनि आमजनतालाई असुविधा नहुने गरी विद्युत् महसुल काउन्टर, नो लाइट सेक्सन र इमर्जेन्सी सेवाबाहेक बिहान १० देखि दिउ“सो २ बजेसम्म पेन डाउन गरी अरू कामकाज ठप्प पारे ।
यसैबीच कांग्रेसको भातृ संगठन नेविसंघले क्षमता विस्तारको गैरकानुनी निर्णय फिर्ता लिन माग गर्दै सोमबार मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई ज्ञापनपत्र दिएको छ । पेशागत महासंघ नेपालले इपीसी ठेक्का सम्झौता र सार्वजनिक खरिद ऐनविपरीत वर्षायाममा मात्र ३० मेगावाट क्षमता बढाउने गरी आयोजना निर्माण गर्ने त्रुटिपूर्ण निर्णय भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता नभए सम्पूर्ण पेसाकर्मीहरू आन्दोलनमा उत्रने चेतावनी दिएको छ । उक्त आयोजनाको क्षमता विस्तार गर्दा निर्माण अवधि दुई वर्ष बढ्ने, २ अर्ब लागत बढ्ने, अर्बौको भ्रष्टाचार हुने उल्लेख गर्दै महासंघले रद्द गर्न माग गरेको हो ।





No comments:

Post a Comment