Saturday, June 29, 2013

एक महिनामा छपटक भूकम्प

तीन दिन लगातार भूकम्प
काठमाडौं, १४ असार– मुलुकमा एक महिनामा छपटक भूकम्प आएको छ । जेठ १२ देखि शुक्रबारसम्म सुदूर पश्चिमको दार्चुलादेखि पूर्वको खोटाङसम्म केन्द्रबिन्दु भएर छपटक भूकम्प आएको जानकारी खानी तथा भूगर्भ विभागका अधिकारीले जानकारी दिए । भूकम्प बढी रेक्टर स्केलको नआएकाले धनजनको ठूलो क्षति भने कही“ पनि भएको छैन ।
अझ पछिल्लो तीन दिनयता भने मुलुकमा दिनहु“ भूकम्प आइरहेको छ । रुकुम जिल्लाको दक्षिण पश्चिमी भेगलाई केन्द्रबिन्दु बनाएर शुक्रबार अपराह्न ५.५ रेक्टर स्केलको भूकम्प आयो । खानी तथा भूगर्भ विभागका अनुसार नेपालमा बुधबार, बिहीबार र शुक्रबार तीन दिन लगातार भूकम्प आयो । बिहीबार दार्चुलामा ४ंं.४ र बुधबार धनुषामा केन्द्रबिन्दु भएको ४.ं४ रेक्टर स्केलको भूकम्प आएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका भूगर्भविद् अधिकृत डिल्लीराम तिवारीका अनुसार शुक्रबार अपराह्न ५ बजेर २५ मिनेटमा रुकुमलाई केन्द्र बिन्दु बनाएर आएको भूकम्प ५ं.५ रेक्टर स्केलको मापन गरिएको जानकारी दिए । उनका अनुसार उक्त ठाउ“मा दुई घन्टामा ३ रेक्टर स्केलका १२ वटा र साना २५ वटा भूकम्प आएको थियो ।
रुकुम केन्द्रबिन्दु भएको ५.५ रेक्टर स्केलको भूकम्पको धक्का मध्यपश्चिम, सुदूर पश्चिम र पश्चिमाञ्चलका सबै जिल्लासहित राजधानीसम्म महसुस गरिएको थिए । पछिल्लो एक महिनामा नेपालमा भूकम्प आएको यो सातौं भूकम्प हो । यसअघि जेठ २६ मा दक्षिणी खोटाङमा ४.२, जेठ १७ मा मा उत्तरी बाजुरामा ४.५ र जेठ १२ मा सिन्धुपाल्चोकमा केन्द्रबिन्दु भएको ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

मिति    भूकम्पको केन्द्रबिन्दु भूकम्पको मापन
शुक्रबार    रुकुम    ५.५
बिहीबार    दार्चुला        ४.४
बुधबार        धनुषा    ४.४
जेठ २६    खोटाङ    ४.२
जेठ १७    बाजुरा    ४.५
जेठ १२    सिन्धुपाल्चोक    ४.२






No comments:

Post a Comment