Saturday, June 8, 2013

कांग्रेस महासमिति सदस्य सिम्खडा रहेनन्

काठमाडौं, २४ जेठ– नेपाली कांग्रैस धादिङका महासमिति सदस्य हरिप्रसाद सिम्खडाको बिहीबार निधन भएको छ । ६१ वर्षीय सिम्खडाको हृदयाघात भई राजधानीको म्हैपीस्थित आफ्नै निवासमा निधन भएको हो ।
उनले मुलुकमा भएका लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिधा निर्वाह गरेका थिए । उनको पशुपति आर्यघाटमा बिहीबार दिउ“सो दाहसंस्कार गरियो । कांग्रेस सभापति सशुील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले उनको पार्थिक शरीरमा पार्टीको चारतारे झन्डा ओढाएर अन्तिम श्रद्धासुमन चढाएका थिए ।
उनको पत्नी, एक छोरा र तीन छोरी छन् । सभापति कोइराला र कांग्रेस केन्द्रीय कार्यालयले वक्तव्य जारी गरी उनको निधनप्रति शोक प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदन व्यक्त गरेका छन् ।

No comments:

Post a Comment