Friday, June 28, 2013

निर्वाचन गराउन चार दल प्रतिबद्ध : कोइराला

स्वास्थ्य जाँचका लागि अमेरिका प्रस्थान
काठमाडौं, १३ असार– नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासित बिहीबार बिहान भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था र मंसिर ४ का लागि घोषित संविधानसभाको चुनावबारेमा कुराकानी भएको जानकारी कोइराला निकट स्रोतले दिएका छन् ।
स्रोतका अनुसार राजदूत प्रसादले निर्वाचनका लागि दलहरूबीच भइरहेको प्रयास एवं राजनीतिक निकासको बारेमा जिज्ञासा राखेका थिए । प्रत्युत्तरमा कोइरालाले चार प्रमुख दलबीच भएको सहमतिअनुरूप निर्वाचन हुने जानकारी दि“दै चुनाव जसरी भए पनि सम्पन्न गराउन आफूहरू प्रतिबद्ध भएर लागेको बताएका थिए ।
उनले निर्वाचन नै मुलुकको राजनीतिक निकास भएकाले आन्दोलनरत दलहरूलाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन लागेको जानकारी गराएका थिए ।
कोइरालाका स्वकीय सचिव लक्ष्मण्ँ ढकालका अनुसार राजदूत प्रसादले स्वास्थ्य परिÔण्ँका लागि अमेरिका जान लागेका  कोइरालाको स्वास्थ्यलाभको कामना समेत गरेका थिए ।
कोइराला अमेरिका प्रस्थान
सभापति कोइराला आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि शुक्रबार सा“झ अमेरिका प्रस्थान गरेका छन् । उनी सा“झ ६.५५ बजे एयर इमिरेटको उडानद्वारा अमेरिकाको न्युर्योक प्रस्थान गरेका हुन् । उनको साथमा बहिनी शशी शर्मा र मृदुला कोइराला अमेरिका गएका छन् ।



असार १२, २०७०

प्रेस विज्ञप्ति
    नेपाली कांग्रेसका सभापति सुशील कोइराला आफ्नो नियमित स्वास्थ्य परिक्षणका क्रममा भोलि २०७० असार १३ गते बिहीबारका दिन साँझ ६.५५ बजे एयर इमिरेटको उडानद्वारा संयुक्त राज्य अमेरिकाको न्यूर्योक प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ । उहाँको साथमा बहिनी शशी शर्मा र मृदुला कोइराला रहनु हुनेछ ।


    चिनकाजी श्रेष्ठ
    मुख्य सचिव

No comments:

Post a Comment