Thursday, October 17, 2013

कांग्रेसको घोषणापत्र कोजाग्रत पूर्णिमाको लगत्तै जारी हुने

काठमाडौं, ३० असोज– नेपाली कांग्रेसले आगामी संविधानसभाको घोषणापत्र कोजाग्रत पूर्णिमाको लगत्तै जारी गर्ने भएको छ । कांग्रेस नेता रामशरण महतले पार्टीको चुनावी घोÈण्ाँपत्रको निर्माण तयारी अन्तिम चरण्ँमा पुगेको र एक साताभित्रै जारी हुने जानकारी दिए ।
‘कांग्रेसको घोषणापत्रको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । घोषणापत्र तयारीको समितिको अब एक÷दुई चरणमा बस्ने बैठकले अन्तिम रूप दिनेछ । त्यसपछि पार्टीको बैठकले घोषणापत्रलाई पारित गरी पत्रकार सम्मेलन गरेर जारी गर्नेछ’ घोषणापत्र तयारी समितिमा रहेका महतले कान्तिपुरसित भने ।
उनले कोजाग्रत पूर्णिमाको लगत्तै कांग्रेसले घोषणापत्र जारी गर्ने जानकारी दिए । कांग्रेसले कात्तिकको दोस्रो साता सम्ममा घोषणापत्र छापेर २ सय ४० वटै निर्वाचन Ôेत्रमा पु¥याइसक्ने जनाएको छ ।
कांग्रेसले नवलपरासीको त्रिवेणीमा तीन महिनाअघि भएको महासमिति बैठकले पारित गरेको राजनीतिक प्रस्तावका आधारमा घोषणापत्र निर्माण गरिरहेको छ । कांग्रेसले शासकीय स्वरूपमा संसदबाट निर्वाचित प्रधानमन्त्री सरकार प्रमुख र संसद तथा प्रान्तीय सभाका सदस्यहरूबाट निर्वाचित राष्ट्रपति राष्ट्राध्यक्ष हुने संसदीय शासन प्रणालीलाई आफ्नो घोषणापत्रमा अघि सार्ने भएको छ ।
तर, संघीयताका सवालमा कांग्रेसले निर्णय लिन बा“की रहेको घोषणापत्र तयारी समितिका एक नेताले जानकारी दिए । ती नेताका अनुसार सबै जातजाति र धर्मको साझा पहिचान हुने गरी आर्थिक स्रोतसाधनले धान्न सक्ने कम संख्यामा प्रदेश निर्माण गर्नेमा समेत घोषणापत्र तयारी समिति एक मत भइसकेको छ । तर, प्रदेशको संख्या कतिवटा प्रस्ताव गर्ने भन्नेबारेमा मात्र कांग्रेस निर्णयमा पुग्न बा“की छ ।
दसैं मनाउने क्रममा गृहनगर नेपालगन्जमा निकै व्यस्त रहेका सभापति सुशील कोइरालाले नेपालगन्जस्थित कान्तपुर संवाददातासितको कुराकानीमा घोषणपत्रलाई अन्तिम रूप दिने कार्य भइरहेको उल्लेख गर्दै आफू राजधानी पुगेपछि छपाइका लागि प्रेसमा पठाइने बताए ।
‘घोÈण्ाँपत्र पार्टी बैठकबाट पारित गरी छपाइ गर्न पठाउनुपर्ने हु“दा मलाई छिटो काठमाडौं जानुपर्ने भएको छ’ कोइरालाले भने, ‘प्रेसमा केही समय लाग्ला, तर कात्तिक दोस्रो सातासम्ममा ७५ वटै जिल्लामा पु¥याइसक्नेछौं ।’

No comments:

Post a Comment