Saturday, October 19, 2013

अध्यक्ष र गृहमन्त्रीद्वारा हेलिकप्टर चढेर तीर्थाटन

निजी काममा राज्यको ढुकुटीबाट १५ लाखभन्दा बढी दुरुपयोग
काठमाडौं, १ कात्तिक– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र गृह मन्त्री माधव घिमिरे दसैं नौरथाको मौका पारेर नेपाली सेनाको हेलिकप्टर चढी धार्मिक शयर गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएका छन् ।
स्रोतका अनुसार उनीहरूले अष्टमीको दिनमा राज्यको ढुकुटीबाट लाखौं खर्च गरी सेनाको विलाशी हेलिकप्टरबाट गोरखा र नवलपरासीको शक्तिको पीठमा पूजाआजा गरेका हुन् ।
रेग्मी र घिमिरे पत्नी र परिवारका अरू सदस्यसहित दुइटा शक्तिपीठ र त्रिवेणी धाममा पुगेका हुन् । आकस्मिक काममा जानुपर्दामात्र सरकार प्रमुख र मन्त्रीले सरकारी खर्चमा हेलिकप्टरमा जाने परम्परा छ ।
तर, रेग्मी र घिमिरेले शक्ति पीठको दर्शन गर्ने निजी काममा सरकारी खर्चमा झन्डै ७ घन्टासम्म हेलिकप्टरमा शयर गरेर राज्यको ढुकुटीको चरम दुरुपयोग गरेको प्रधानमन्त्री कार्यालयकै एक अधिकारी बताउ“छन् ।
उनीहरूले चढेको हेलिकप्टर भाडाको बिल सेनाबाट आउन बा“की छ, तर विलाशी हेलिकप्टर भएकाले रेग्मी र घिमिरेको शक्ति पीठ दर्शनको खर्च १५ लाख रुपैया“भन्दा बढी भएको जानकारी सैनिक स्रोतले दिएका छन् । ‘सिटामोल र जीवनजलसमेत पाउन दुर्लभ हुने दुर्गम जिल्लाका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक औषधि पु¥याउन त्यति १५ लाख रुपैया“ पर्याप्त हुन सक्थ्यो’ एक सरकारी भन्छन् ।
रेग्मी र घिमिरे राजधानीबाट अष्टमीको दिन बिहानै सेनाको एमआई–१७ हेलिकप्टरमा उडेर सबभन्दा पहिला गोरखाको मनकामना मन्दिरमा गएका थिए । त्यहा“ प्रहरीले व्यवस्था गरेको पूजा सामग्री प्रयोग गरी रेग्मी र घिमिरेले पूजाआजा गरेका थिए ।
रेग्मी र घिमिरेका कारण अष्टमीको दिनमा समेत गोरखाका जिल्ला प्रशासन र प्रहरीका उच्च अधिकारीहरूले दसैं मनाउनसमेत पाएनन् । गोरखाका प्रजिअ कृष्ण्ँबहादुर कार्की र डीएसपी वसन्त कु“वरलगायतका अधिकारी सदरमुकामबाट बिहानै करिब ३० किलोमिटर टाढा कच्ची बाटोमा मोटरबाट मनकामना मन्दिरमा आएर रेग्मी र घिमिरेको स्वागत गरेका थिए ।
मनकामनाको दर्शन गरेपछि रेग्मी र घिमिरे हेलिकप्टरबाटै नवलपरासीको मौला कालिका गए । त्यहा“ पनि प्रहरी, प्रशासन र सेनाका स्थानी उच्च अधिकारीहरू उपस्थित भएर मन्त्रिपरिषदका अध्यक्ष रेग्मी र गृह मन्त्री घिमिरेको स्वागत गरेका थिए ।
मौला कालिकाको दर्शन गरेपछि अध्यÔ र गृहमन्त्री हेलिकप्टरबाटै नवलपरासीको त्रिवेण्ँीधाम पुगेका थिए । त्रिवेण्ँी धाममा उनीहरू स्वामी कमलनयनाचार्यको आश्रममा गएर केही बेर बसेका थिए । उनीहरू अष्टमीको दिन नै अपराह्न हेलिकप्टरबाटै राजधानी फर्किएका थिए ।




No comments:

Post a Comment