Sunday, October 20, 2013

वाम बुद्धिजीवी संग्रौला गगनको प्रचारमा

काठमाडौं, २ कात्तिक– साहित्यकार एवं वाम बुद्धिजीवी खगेन्द्र संग्रौला कांग्रेस युवा नेता गगन थापाको प्रचार अभियानमा जुटेका छन् । काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार थापाले चुनाव प्रचारप्रसार अभियानका क्रममा शनिबार कामनपा–७ स्थित चाबहिलको घरदैलोमा संग्रौला पत्नीसहित सरिक भएका हुन् । संग्रौला क्षेत्र नं. ४ कै मतदाता हुन् ।
थापाले संग्रौलाकै घरबाट वडा नं. ७ मा मत माग्दै घरदैलो सुरु गरेका हुन् । त्यसपछि संग्रौला थापाको पक्षमा मत माग्दै दिनभर कार्यक्रममा सरिक भएका थिए । थापाले सामाजिक सञ्जाल ट्विटरमा वामपन्थी बुद्धिजीवी संग्रौला आफ्नो प्रचारमा सरिक भएको तस्बिर सार्वजनिक गरेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete